Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको पहिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 5.2K
    SHARES

काठमाडौं । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गतको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालले ९ विकेटको पहिलो जित निकालेको छ ।

१ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर १५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले ।

भुर्तेलले ४६ बलमा ६२ रन बनाउँदा, शेखले ३८ बलमा ५४ रन बनाउँदै नटआउट रहे । कप्तान ज्ञानेन्द्र मल्लले पनि ७ बलमा १३ रन बनाएर नटआउट खेले ।

बलिङतर्फ नेदरल्याण्ड्सका जुलिएन डी मेले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

उसका लागि बसदे लीदेले सर्वाधिक ४१ रन बनाउँदा स्कट एडबार्ड ३०, कप्तान पिटर सीलार २३, एन्टोनुस स्टालले २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा सोमपााल कामी र सहाब आलमले १–१ विकेट लिए । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।

पहिलो खेलमा जित निकालेसँगै नेपालले २ अंक बनाएको छ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा सबैभन्दा बढी अंक बनाउने दुई टीमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै मलेसिया पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४