Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल आयल निगममा ईआरपी प्रणाली सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 5.6K
    SHARES

काठमाडौँ । नेपाल आयल निगममा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सुरु गरिएको छ । जुन प्रणालीबाट निगमका सम्पूूर्ण कारोबार तथा कामकारबाही अनलाइनमार्फत हुने जनाइएको छ ।

एकै ठाउँबाट सबै कारोबारको निरीक्षण तथा अनुुगमन गरी थप प्रभावकारी सेवा प्रवाहका लागि ईआरपी प्रणालीमा काम सुरु गरिएको निगमले जनाएको छ । ईआरपी प्रणाली सुरु गरेपछि पेट्रोलियम पदार्थको कारोबारमा भौतिक उपस्थिति नभई अनलाइनबाटै कारोबार हुनेछ ।

पेट्रोलियम पदार्थका व्यवसायीहरूलाई अनलाइनबाट पेट्रोलियम पदार्थको माग र भुक्तानीको सुविधा छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “एकीकृत कार्यप्रणालीमा जानेगरी सरकारले काम गर्न खोजिरहेको हुँदा निगमले पनि सोहीअनुसार आफ्ना कामहरूलाई व्यवस्थित र अझ प्रभावकारी बनाउन अनलाइन प्रणालीमा काम गर्न सुरु गरेका हौँ ।”

ईआरपी प्रणाली शुक्रबारदेखि परीक्षणका रूपमा निगमले सुरु गरेको छ । प्रवक्ता उपाध्यायको भनाइ छ, “अनलाइन प्रणालीमा हामी पहिलो पटक काम गर्दै छौँ । आज पनि केही कठिनाइ देखापरे, प्राविधिकहरूले काम गरिरहनुभएको छ । तीन महिना परीक्षण भएकाले जहाँ समस्या आउँछ त्यहाँ समाधान हुन्छ, परीक्षणपछि पूर्ण रूपमा कार्यान्वयन हुन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४