Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रविधि कम्पनीहरुमाथि चिनियाँ कदम, जोगिने उपाय खोज्दै टेस्ला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 2.6K
    SHARES

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले चीनको मन जित्ने प्रयास गरिरहेको छ ।

गत हप्ता टेस्लाका एक कार्यकारीले चिनिया अधिकारीसँगको कुराकानीमा यो प्रष्ट पारेका छन् कि टेस्लाले संकलन गर्ने चिनियाँ उपभोक्ताका डाटाहरु चीनको सिमानाभित्रै भण्डारण गरिनेछ ।

टेस्ला चाइनाका अन्तराष्ट्रिय मामिला उपाध्यक्ष ग्रेस ताओ लिनले चिनियाँ अधिकारीहरुसँगको कुराकानीमा टेस्लाद्वारा चीनमा संकलित डाटा देश बाहिर नलगिने प्रष्ट पारेका चिनियाँ सरकारी सञ्चार माध्यमको भनाइ छ ।

टेस्लाका कारमा राखिएका क्यामराहरु जासुसीका लागि प्रयोग गरिएको आरोपमा चिनियाँ सेनाले टेस्लाका गाडीहरुलाई सैनिक कार्यालयको आसपासमा गुड्नमा प्रतिबन्ध लगाएको भन्ने समाचार सार्वजनिक भएसँगै टेस्लाको यस्तो प्रतिबद्धता बाहिर आएको हो ।

टेस्लाले पछिल्लो समयमा आफ्नो कारमा देखिएका विभिन्न प्राविधिक समस्याहरुका कारण पनि आलोचना खेप्दै आएको छ ।

सांघाइस्थित कारखानाबाट उत्पादिन कारको गुणस्तरको विषयमा जवाफ दिन गत फेब्रुअरीमा नियामक निकायले टेस्लालाई बोलाएको थियो ।

पछिल्लो समय चीनले आफ्नो देशभित्र रहेका ठूला प्रविधि कम्पनीहरुमाथि सख्त नीति अख्तियार गर्न थालेको छ ।

त्यसका लागि प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग रोक्ने कदमलाई चीनले माध्यम बनाएको बताइएको छ ।

हालैमात्र चीनले एकाधिकार कायम गर्ने क्रियाकलाप गरेको भन्दै चिनियाँ कम्पनी अलिबाबामाथि २ अर्ब ८० करोड डलर जरिवाना गरेको छ । साथै चीनले अलिबाबाको स्वामित्वको वित्तिय कम्पनी एन्ट ग्रुपमाथि चिनिया केन्द्रीय बैंकका सख्त नियमहरु लागू गरेको छ र प्रयोगकर्ताका व्यक्तिगत विवरणहरुको सुरक्षालाई मजबुत बनाउने बताएको छ ।

टेस्ला सीईओ एलन मस्कले चीनलाई आस्वस्त पार्ने कोसिस गरिरहेका छन् कि टेस्लाले चिनिया काननको विपरीत कुनै पनि गतिविधि गरिरहेको छैन ।

टेस्लाका कारहरु कहिल्यै पनि कुनै देशको जासुसीमा प्रयोग नगरिएको र भविष्यमा पनि नगरिने मस्कले प्रष्ट पारेका छन् ।
हालै चिनियाँ सरकारी सञ्चार माध्यमसँगको अन्तरवार्तामा उनले चीन सरकारको प्रसंसा गर्दै भविष्यमा टेस्लाका लागि चीन सबैभन्दा ठूलो बजार बन्ने पनि बताएका छन् ।

सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४