Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 2.7K
    SHARES

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेपछि ६ प्रदेशसभा सदस्य भएको कांग्रेसले समर्थन गर्ने घोषणा गरेको हो । प्रदेशसभाको बैठकमा संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘हामी भागेर पनि जादैनौंं, मत दिँदैनौं पनि भन्दैनौं । जो कमजोर छ, उसलाई मत दिने भयौं ।’

आफूहरुले मत दिँदा मुख्यमन्त्रीलाई बहुमत पुग्दैन भन्ने जानेर नै निर्णय गरेको उनले बताए ।

मुख्यमन्त्री शाही आवद्ध दल माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । कांग्रेसका ६ जनाले मत दिए मुख्यमन्त्रीको पक्षमा १८ पुग्छ । तर ३९ सदस्यीय प्रदेशसभाको बहुमतका लागि उनलाई २० मत चाहिन्छ ।

एक प्रदेशसभा भएको राप्रपाले तटस्थ बस्ने घोषणा गरेको छ । त्यसैले १९ प्रदेशसभा सदस्य भएको एमालेबाट फ्लोर क्रस नभए शाहीले विश्वासको मत पाउने छैनन् ।

त्यसो भएमा मुख्यमन्त्री शाही पदमुक्त हुन्छन् र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४