Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि लगायो प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसीको हात रहेको आरोप अमेरिकाले लगाएको छ । यस्तै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाको छ ।

युरोपेली संघ, नेटो र बेलायतले अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेका छन् ।

यद्यपि रुसले अमेरिकाले लगाएका आरोपहरु अस्वीकार गर्दै त्यसको प्रतिउत्तर दिने जनाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धको निर्णय खतरनाक भन्दै त्यसले तनाव बढाउने उल्लेख गरेको छ ।

यसअघि गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष दिएर मार्न खोजेको आरोपमा अमेरिकाले सात जना रुसी अधिकारी र एक दर्जन बढी संस्थाहरुलाई पनि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४