Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको प्रधानमन्त्री ओलीको जिकीर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २ २०७८
  • 4K
    SHARES

काठमाडौं,  । प्रधानमन्त्री केपी ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा नापी विभागले गरेको कार्यक्रममा काममा ढिलासुस्ती असह्य हुने भन्दै ओलीले भन्नुभयो, ‘कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हामीले तीव्रता दिएर, धेरै कडाइ गरेर मेलम्चीको पानी काठमाडौं ल्याएका हौं । कति दिनमा सक्छौ ? भन्दै हरेक दिनजसो ताकेता गरेर ल्यायौं । ढिलासुस्ती र व्यवधान गर्ने काम अब सहन सकिँदैन ।’

माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको र विलम्ब सह्य नहुने भन्दै उहाँले भन्नुभयो, ‘माथिल्लो तामाकोशीमा एउटा पाइप या एउटा मेसिन के राख्नुपर्ने छ रे । एक वर्षअघि सुनेको त्यही हो, १० महिनाअघि पनि त्यही, ८ महिनाअघि पनि त्यही, ६ महिनाअघि पनि त्यही, ४ महिनाअघि पनि त्यही, दुई महिनाअघि पनि त्यही, अघिल्लो महिना पनि त्यही, अहिले पनि त्यही सुन्नुपरेको छ ।’

ढिलासुस्ती गर्ने मान्छेहरु को हुन् हेर्नुपर्ने समय आएको भन्दै चेतावनी शैलीमा उहाँले, काममा ढिलासुस्ती, व्यवधान, अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई देख्न सक्दैनौं र कसैले गर्छ भने त्यसको क्षतिपूर्तिका लागि तयार हुनुपर्छ भन्नुभयो ।

माथिल्लो तामाकोशीमा दैनिक पाँच करोड नोक्सान भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४