Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनको सात ठाउँमा जनगणना कार्यालय स्थापना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 5.6K
    SHARES

चितवन । राष्ट्रिय जनगणना २०७८ को लागि नयाँ बर्षको पहिलो दिन चितवनमा सात वटा जनगणना कार्यालयको स्थापना गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागको जनगणना सम्बन्धी तालिका अनुसार कार्यालय स्थापना गरेको जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर–१० को तथ्याङ्क कार्यालय, भरतपुर–६ को गितानगर र भरतपुर–२० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो ।

त्यस्तै रत्ननगर नगरपालिकाको भवनमा, राप्ती र खैरहनी नगरपालिका हेर्ने गरी राप्ती नगरपालिकाको भवनमा, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका हेर्ने गरि कालिका नगरपालिकाको रेडक्रस ग्राममा कार्यालय स्थापना गरिएको हो ।

सार्वजनिक बिदा भएपनि केन्द्रको तालिका अनुसार बुधबार कार्यालय स्थापना गरिएको भण्डारीले बताउनुभयो । कार्यालयमा बैशाख १ देखि असार मसान्तसम्म मात्र काम हुनेछ । कार्यालयका लागि स्थानीय जनगणना अधिकारी समेत खटाइएको छ ।

७ जना स्थानीय जनगणना अधिकारीलाई कार्यादेशसहित कार्यक्षेत्रमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४