Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब लकडाउन हुँदैन : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब लकडाउन नहुने बताएका छन् । नयाँ वर्ष २०७८ सालको पहिलो दिन आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

कतिपयले आजै लकडाउन हुन्छ, भोली नै लकडाउन हुन्छ भनेर हल्ला चलाइरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको पनि बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने–‘कोभिडको प्रोटोकल, त्यसका मापदण्डहरु, सरकारले जारी गरेका जानकारीहरु र सरकारले गरेका आग्रहहरुलाई पालना गरौं । आफू सुरक्षीत बनौं र अरुलाई पनि सुरक्षीत बनाऔं । यसो गर्यौ भनो हामीले आफ्नो जनजीवनलाई सुरक्षीत बनाउन सक्छौं ।’

तर, विकसित भनिएका यूरोपका देशहरु त लकडाउ गर्न बाध्य छन् भने हामीले सतर्कता अपनाएर परिस्थितिलाई विग्रन नदिन हामी आफै सचेत हुन जरुरी रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

ओलीले २०७७ साल कोरोना महामारीले निम्त्याएको संकट, राजनीतिकमा देखिएको अस्वस्थता, विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण, संसद भवनको निर्माण, सडक निर्माण, लुम्बीनी र गोदावरीमा सभाहल निर्माण, मेलम्चीको पानी काठमाडौंमा वितरणलगायतका विषयमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४