Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्ष नयाँ सरकार निर्माणमा जुटौं : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 10K
    SHARES

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्षलाई आह्वान गरेका छन् ।

प्रतिगामी प्रतिक्रियावादीका कारण कम्युनिष्ट पार्टीबीचको एकतालाई विभाजन गरिएको भन्दै प्रचण्डले ‘अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धता’का लागि अपील पनि गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा जारी गरिएको शुभकामना सन्देशमा प्रचण्डले लेखेका छन्, ‘कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरे । प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछु ।’

उनी अघि लेख्छन्, ‘प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास तथा समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको छ । प्रतिगामी कदमविरुद्ध संघर्षरत सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आहन पनि गर्दछु ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुनेछ भन्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४