Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भन्छिन्- २०७७ साल उपलब्धिपूर्ण, उपराष्ट्रपति भन्छन्- बितेको वर्ष सुखद् रहेन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले छुट्टाछुट्टै सन्देश जारी गर्दै सबै नेपालीमा शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले २०७७ साल राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको उल्लेख गरे पनि उपराष्ट्रपति पुनले भने वितेको वर्ष सुखद नरहेको जनाएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्शा जारी हुनु, मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरु हुनु र शान्ति वार्तालाई महत्वपूर्ण सफलताको रुपमा उल्लेख गरेकी छन् ।

उनले संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, नेपाललाई दक्षिण एशियाको सबैभन्दा खुशी मुलुकको रूपमा उल्लेख गरिनु, कोरोनाविरुद्धको खोप अभियान थालनी हुनु, रानीपोखरी, दरबार हाईस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण सम्पन्न हुनु जस्ता कार्य पनि सकारात्मक उपलब्धि भएको जनाइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले भने २०७७ साल सुखद् नरहेको भन्दै २०७८ साल सुखद हुने विश्वास व्यक्त गरेका छन् । कोरोनाभाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने उनको विश्वास छ ।

‘विसं २०७८ शुभारम्भसँगै हामीले २०७७ लाई बिदाइ गरेका छौँ । बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौं’ उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा लेखिएको छ ।

अर्थतन्त्रका सबै क्षेत्रमा महामारीको असर पर्दा गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक बन्न पुगेको स्मरण गर्दै उपराष्ट्रपति पुनले महामारीकै कारण लाखौँलाख विद्यार्थी विद्यालयको कक्षाकोठामा पुग्न नपाएको पनि उल्लेख गरेका छन् ।

जस्तोसुकै प्रतिकूलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने हामी नेपालीको विशेषता भएको भन्दै उनले विषम परिस्थितिका बीच हाम्रो घरआँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउन आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४