Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाले बजायो खतराको घण्टीः दैनिक ११ हजार संक्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 2.4K
    SHARES

काठमाडौं,  । कोरोना भाइरसले फेरी खतराको घण्टी बजाउन थालेको छ । दैनिक मृतकको संख्या थपिने क्रम छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो जेठ–असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने जनाएको छ ।

मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अहिलेको दरमा कोरोना संक्रमण बढ्दै गए आउँदो असारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ लाखसम्म पुग्न सक्ने बताउनुभयो ।

अहिलेको संक्रमण दर हेर्दा आउँदो असारसम्म दैनिक ११ हजार संक्रमित थपिन सक्ने प्रक्षेपण उहाँको थियो । मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको व्यवस्थापन गरिरहेको उहाँको भनाइ छ ।

भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वरेण्टीन स्थल थपिने मन्त्री त्रिपाठीको भनाइ छ । युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको भन्दै मन्त्री त्रिपाठीले संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिफारिस गरिएको पनि बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४