Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकासहितका ठूला शहरमा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको शिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 3.4K
    SHARES

काठमाडौं,  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न शिफारिस गरेको छ ।

बन्द अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयले सम्बन्धित सबैलाई भनेको छ । मन्त्रालयले विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न शिफारिस गरेको छ ।

अहिले देखिएको कोरोनाभाइरस नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग मन्त्री त्रिपाठीले १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण रोक्न विशेष ध्यान जरुरी भएको उल्लेख गर्नुभयो ।

मन्त्री त्रिपाठीले उपत्यकाका मात्र ७/८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुने भन्दै उपत्यकासहित १५ जिल्लाका ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिनुभयो ।

पछिल्लोसमय कोरोना भाइरसको नयाँ प्रकार फैलिएको र यसबाट बालबालिकासमेत उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

नयाँ भेरियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने देखिएकाले विद्यालय क्षेत्र बढी जोखिममा परेको मन्त्रालयको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४