एजेन्सी । म्यान्मारमा सुरक्षाकर्मीहरूले ७०० जना भन्दा बढीको हत्या गरिसकेको जनाइएको छ ।एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (बर्मा) का अनुसार गत फेब्रुअरी १ तारिखमा ‘कू’मार्फत् सेनाले सत्ता आफ्नो हातमा लिएयता म्यान्मारमा सुरक्षाकर्मीहरूले ७०० जनाभन्दा बढीको हत्या गरिसकेको हो।
‘कू’ पछि म्यान्मारमा हिंसाको उतारचढाव जारी छ। प्रदर्शनकारीमाथि दमन बढ्दा त्यसका पीडितहरूको सङ्ख्या पनि बढिरहेको छ।
मारिएकामध्ये केहीले कू विरुद्धको प्रदर्शनमा हिस्सा लिएका थिए।
तर बालबालिकासहित कतिपय अरू चाहिँ सामान्य रूपमा आफ्नै घरमा बसिरहेका बेला मारिएको बीबीसीले जनाएको छ।