Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय स्मार्टफोन, यस्तो छ टपटेन सूची


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 4.2K
    SHARES

चालू वर्ष सन् २०२१ को पहिलो महिना जनवरीमा विश्व बजारमा सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूची सार्वजनिक भएको छ । रिसर्च कम्पनी काउन्टर प्वाइन्टको रिपोर्टअनुसार जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा आइफोन १२ रहेको छ ।

एप्पलको आइफोन १२ शीर्ष स्थानमा रहँदा आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

क्वाउन्टर प्वाइन्टका अनुसार जनवरीमा एप्पलले बिक्री गरेका कूल स्मार्टफोनमध्ये ७१ प्रतिशत हिस्सा यी तीनवटा आइफोनको रहेको छ ।

विश्व बजारमा सर्वाधिक बिक्री भएका स्मार्टफोनको चौथो स्थानसमेत एप्पलकै आइफोन ११ ले कब्जा गरेको छ ।

स्मरण रहोस् आइफोन ११ सन् २०२० मा विश्वमा सर्वाधिक बिक्री भएको स्मार्टफोन बनेको थियो । गत वर्ष एप्पलले ६ करोड ४८ लाख गोटा आइफोन ११ बिक्री गरेको थियो ।

गत जनवरी महिनामा सर्वाधिक बिक्री हुने आइफोन १२ सिरिजलाई एप्पलले सन् २०२० को अक्टोबर महिनामा लञ्च गरेको थियो । फाइभ जी सपोर्टसँगै अपडेटेड डिजाइन र फ्लाट एजसँगै आएको आइफोन १२ ले विश्व स्मार्टफोन बजारमा एप्पललाई शीर्ष स्थानमा पुर्‍याउनसमेत सफल भएको छ । हालैको एक रिपोर्टअनुसार सामसुङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी बनेको छ ।

काउन्टर प्वाइन्टका अनुसार जनवरी महिनामा बिक्री भएका आइफोन १२ सिरिजका स्मार्टफोनमध्ये एक तिहाई अमेरिकामै बिक्री भएका छन् । आइफोन १२ सिरिजमध्ये सबैभन्दा महँगो आइफोन प्रो म्याक्सलाई अमेरिकामा सर्वाधिक रुचाइएको छ ।

विश्व बजारमा सर्वाधिक बिक्री भएका शीर्ष चार स्मार्टफोनमा आइफोनले कब्जा गर्दा पाँचौँ स्थानमा चाहिँ शाओमीको रेडमी ९ए र छैटौँ स्थानमा रेडमी ९ परेका छन् ।

जनवरी महिनाका टपटेन स्मार्टफोनको सूचीमा सामसुङको ग्यालेक्सी ए२१एस र ग्यालेक्सी ए३१ पनि परेका छन् । ग्यालेक्सी ए२१ एस सातौँ स्थानमा रहँदा एस ३१ नवौं स्थानमा छ।

त्यस्तै एप्पलको आइफोन १२ मिनी आठौँ र आइफोन एसइ २०२० दशौँ स्थानमा परेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४