Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदीप गिरीको प्रस्ताव : राष्ट्रिय सहमतिको सरकार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 2.8K
    SHARES

सकुनीले पासा फ्याँकेजसरी पुनः संसद विघटन नगर्नुस्’


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् । पुनः संसद विघटन नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका उनले चुनावमा जाँदा पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गिरीले अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए । तर दिन प्रतिदिनको विवाद संसदको भनाभनबाट समाधान ननिस्कने भन्दै उनले राष्ट्रिय सहमति खोज्नुपर्ने बताए ।

बिरुवा उखेलेर जरा हेर्ने प्रवृत्ति

सांसद गिरीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई भर्खर रोपिएको बिरुवामा जरा लाग्यो कि लागेन भनेर उखेलेर हेर्ने प्रवृत्ति भनेका छन् ।

संसदकै सुन्दर भनेको २०४७ सालको संविधान त नटिकेको भन्दै उनले २०७२ को संविधान जारी गर्दा दलित र जनजाति असन्तुष्ट तथा मधेशी समुदाय घोर असन्तुष्ट भएर विद्रोह गरेको स्मरण गरे । ‘यो संविधानलाई मलजल गर्ने कि नगर्ने ? मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर यसको जरा लागेको छ कि छैन हेर्ने ?’ उनले अघि भने, ‘केही समय धैर्यपूर्वक हेर्नुको साटो बिरुवा उखेलेर जरा हेर्ने प्रवृत्ति हामीले विगत महीनामा देख्यौं ।’

अब जरा हेर्न खोज्ने र हेर्न नदिने (संसद भंग गर्न खोज्ने र नदिने) हरुले नयाँ दायित्व लिनुपर्ने उनले बताए । कांग्रेस सांसद गिरीले भने, ‘संविधानको रक्षा गर्छौं कि गर्दैनौं ? रक्षा गर्दा यही रुपमा गर्छौं वा यथोचित परिमार्जनका साथ गर्छौं ? त्यो परिमार्जन टालटुले हुन्छ वा मुलुकको सबै समुदाय, जातिको चित्त बुझाउने गर्छौं ?’

प्रधानमन्त्री वा प्रतिपक्ष कसैले पनि एक्लै संविधान संशोधन गर्न नसक्ने भन्दै उनले राष्ट्रिय सहमतिका लागि आह्वान गरे । प्रधानमन्त्री सडकमा फ्याँकिए जसरी सरकारको नेतृत्व कसले गर्छ भन्ने चर्चा रहेको भन्दै उनले भने, ‘प्रश्न सरकारको होइन । यो संविधानलाई बचाएर अगाडि बढ्ने हो वा २०४७ सालको जस्तै विजोग गर्ने हो ? अथवा चुच्चे नक्शाकाे जस्तो विजोगमा लैजाने हो ?’

अहिले चुनावको कुरा आएको भन्दै उनले त्यसका लागि पनि सबै मिल्नुपर्ने बताए । ‘यही सरकार अन्तर्गत चुनावमा जान हामी तयार हुन्छौं कि कुनै व्यक्ति वा शक्तिले बाहिर बसेर विद्रोह गर्छ कि ?’ उनले भने, ‘याद राख्नुस्, चुनाव पनि सहमतिमा हुने हो ।’

१२/१३ जनाले नमान्दा २०४७ सालको संविधानको विनाशको बीजारोपण भएको स्मरण गर्दै उनले अहिले पनि त्यही समय आएको बताए । उनले आफू र आफ्नो अहंबाट माथि उठ्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘अब प्रधानमन्त्रीलाई तिमीले छोड मात्र भनेर हुँदैन, समाधान पनि दिनुपर्नेछ’ सांसद गिरीले भने, ‘कसरी राष्ट्रिय सहमति गर्न सक्छौं एक पटक आफूलाई चियाऔं ।’

उनले अघि भने, ‘चुनाव गर्नुअघि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार गठन गर्न तयार होऔं ।’

फेरि संसद विघटन नहोस्

चुनाव नगर्ने हो भने संसदलाई पूरा कार्यकाल चल्न दिनुपर्ने सांसद गिरीले बताए ।

मुलुकको सबैभन्दा बलियो मानिसले ‘मै ठीक छु, मेरो कुरा मान’ भनिरहेको भन्दै उनले भने, ‘लामो समय जेल रहनुभएको, दुःख गर्नुभएको प्रधानमन्त्री ओलीलाई भन्छु, आजको राष्ट्रिय नियतलाई आफ्नो तजबिजको कुरा नमानी संसदमा उपस्थित प्रत्येक पार्टी, संसदभन्दा बाहिर रहेको नागरिक समाजले उठाएका एकपछि अर्को सवाललाई सम्बोधन गरी नयाँ उँचाइ प्राप्त गर्नुस् ।’

गिरीले अघि भने, ‘जालझेल गरेर शकुनिले पासा फ्याँके जस्तो संसद विघटन गर्ने दिशामा नगइयोस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४