हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र ३० वर्षीया श्रीमती अन्सु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो