Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 2.1K
    SHARES

एजेन्सी । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ । द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४ घन्टा यता निधन भएको समाचारमा उल्लेख गरिएको छ ।

उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन् । त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीहरुका विरुद्धमा आक्रामक रुमपा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

सो क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ । पछिल्लो समयमा भएको सो हवाई कारबाहीबाट नै ती विद्रोही मारिएका छन् ।पछिल्लो २४ घन्टामा पनि साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परेर २५ जना हुथी व्रिद्रोही मारिएका छन् । उता हुथी विद्रोहीले यमनको सेनामाथि पनि हमला गरेका छन् ।

त्यसमा परेर कम्तीमा पनि २० जना सेना मारिएका स्थानीय अधिकारीले जनाएका छन् । ती अधिकारीले पछिल्लो समयमा विद्रोहीहरुको निसानामा सर्वसाधारण नागरिक पनि पर्ने गरेको बताएका छन् ।

हुथी विद्रोहीहरुको आक्रमणमा परेर सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । गत शनिबार पनि सो क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच ठूलो भिडन्त भएको छ ।

तेलका लागि धनी सो क्षेत्रमा विगत लामो समयदेखि यहाँका विद्रोहीहरुले तेल कब्जा गर्नका लागि भिडन्त गर्ने गरेका छन् । तर यहाँको सरकारी सेनाले पनि यहाँको स्थानीय सरकार र स्थानीय विभिन्न जातिहरुसँग मिलेर विद्रोहीहरुका विरुद्धमा सशक्त कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४