Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 5.3K
    SHARES

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् ।

गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता पाउने भए पछि जिब्रो छेड्न उनी तयार छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उनले कोरोना महामारी शुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना सङ्क्रमितको सेवा गर्दै आएका छन् ।

बुद्धकृष्णले भने, ‘मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन, यस वर्ष वैशाख २ गते आठौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु, एम्बुलेन्स चलाएर विरामीको सेवा पनि गरिरहेको छु ।’

नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरे पछि मध्यपुरथिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन् । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाको बाहनामा यस वर्ष यहाँका कुनै पनि जात्रा पर्व नरोकिने बताउँदै सबै जात्रामा उत्साहपूर्वक नागरिकलाई आह्वान गरे ।

नगरप्रमुख श्रेष्ठले भने, ‘यस वर्ष कुनै जात्रा रोकिँदैन, नेवार समुदायको कला, संस्कृति र इतिहास बोकेको जात्रा पर्व कुनै बाहनामा रोकिनु हुँदैन, थिमिको सबै जात्रा यथावत्रुपमा चल्छ र चलाउँछौँ ।’

नगरपालिकाले जात्रा नरोक्ने भए पछि बुद्धकृष्णले जिब्रो छेड्न आवश्यक तान्त्रिक विधि पूरा गर्दै आएका छन् भने १० इञ्च लामो सुइरो बनाएर कर्मी नाइकेले तेलमा डुबाएर राखेका छन् । ‘परापूर्वकालदेखी चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि अहिलेसम्म देशमा जस्तोसुकै सङ्कट आउँदा पनि रोकिएको थिएन, गत वर्ष रोकियो, अब रोक्दैनौँ’, बुद्धकृष्णले भने।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

हालसम्म १२ जनाबाट निरन्तर १०६ वर्ष जिब्रो छेड्का छन् । विसं २०७६ सम्ममा सात पटक जिब्रो छेड्ेका बुद्धकृष्णले यसवर्ष आठौँ पटक जिब्रो छेड्ने तयारीमा छन् ।

यसअघि विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्रबाटा श्रेष्ठले दुई पटक जिब्रो छेड्का छन् ।

त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात पटक तथा जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका छन् ।

बाजे हर्कनारायण अगाडि पनि निरन्तररुपमा जिब्रो छेड्ने जात्रा सञ्चालन भएको र देशमा जस्तोसुकै सङ्कट आउँदा पनि कुनै पनि साल यो जात्रा नरोकिएको आठ पटक जिब्रो छेडाएका जुजुभाई बाँस श्रेष्ठले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४