Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको अपिल वेवास्ता गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०७७
  • 2.1K
    SHARES

काठमाडौं, / कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कुनै पनि सभा, भेला लगाएतका भिडभाड हुने कार्य नगर्न आग्रह गर्दै आएको छ ।

तर मन्त्रालयको अनुरोधलाई राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले वेवास्ता गरेका छन् । अवस्था यस्तै रहे लकडाउन गर्नु पर्ने बताउने प्रधानमन्त्री केपी शर्मा ओली आफै सार्वजनिक कार्यक्रममा उपस्थित भएर भाषण गर्न छोड्नु भएको छैन ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि भित्रिसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले संक्रमणको दोस्रो लहर फैलिन नदिन २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै सोको प्रस्ताव मन्त्रिपरिषद्मा पनि लगेको छ ।

एकातिर मन्त्रालयले भिडभाड हुने काम नगर्न अपिल गरिरहेको छ भने अर्कोतर्फ भने मन्त्रालयको आग्रहलाई वेवास्ता गर्दै सरकार नै आफै ठुला–ठुला सभाहरु आयोजन गरिरहेको छ ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भव्य समारोह आयोजना गरेर करिब ६ सय व्यक्तिलाई विभिन्न पदकले विभूषित गर्नुभयो ।आइतबार मात्रै संक्रमणको बेवास्ता गर्दै टुँडिखेलमा घोडेजात्रा मनाइयो जहाँ राष्ट्रपति भण्डारी पनि सरिक हुनुभयो ।

प्रधानमन्त्री केपी ओली आफै सार्वजनिक मञ्चमा पुगेर सावधानी नपनाए फेरि लकडाउनमा जानु पर्ने चेतावनी दिइरहनु भएको छ । तर मन्त्रालयको आग्रहलाई उहाँले पनि टेर्नु भएको छैन ।

संक्रमण रोक्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रतिपक्षी दलहरु पनि जमघटमा व्यस्त छन् । रोकथामको पहल गर्नु पर्नेमा आफैले गल्ती गरिरहेको भन्दै विज्ञहरुले सरकारी रबैयाको आलोचना गरेका छन् । स्वास्थ्य मन्त्रालयले संक्रमण रोक्न तीन साताका लागि शैक्षिक संस्थाहरु बन्द गर्न सिफारिस गर्ने तयारी गरेको छ ।

यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमितको संख्या बढेको र नयाँ भेरियन्टसमेत देखापरेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

तर कुनै ठोस योजना भने ल्याउन सकेको छैन । महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष गरेको तयारीले अहिलेको अवस्थालाई झेल्न निकै नै चुनौतीपूर्ण हुने विज्ञहरुको बुझाइ छ ।

यसका लागि सरकार र नागरिक दुवैतर्फबाट बलियो तयारी हुनुपर्ने उनीहरुको सुझव छ ।

कोरोना संक्रमण रोकथाममा विगतमा कहाँ चुक्यौँ भन्ने पत्ता लगाइ त्यसलाई सुधार गर्नु पर्नेमा यतिबेला महामारीले बजाएको खतराको घण्टी सरकारले नसुने जस्तो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४