Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओली नै प्रधानमन्त्री बनुन्, अध्यक्ष पनि चाहिंदैन : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 6.4K
    SHARES

वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउन अघि सरेको बताएका छन् ।

आफ्नो समूहले वीरगञ्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले सिद्धान्त, सत्य र न्यायका लागि कार्यकर्तामाझ आएको बताएका हुन् । ‘कतिलाई लाग्दो हो, केपी ओलीको प्रधानमन्त्री खोस्न लागिपरेको छ’ उनले भने, ‘त्यसो होइन, उनी नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिंदैन ।’

उनले अघि भने, ‘केपी ओलीसँगको लडाइँ सिद्धान्त, सत्य र न्यायका लागि हो । कम्युनिष्ट पार्टीलाई ओली र ओली प्रवृत्तिबाट बचाउनका लागि हो ।’

नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको उनको टिप्पणी छ । पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेका कारण ओली बैठक फेस गर्न नसकेर भाग्ने गरेको उनले बताए । ‘राम्रो मान्छेले राम्रो मान्छे खोज्छ, साधुले साधुलाई नै रोज्छ । खराबले खराब मान्छे खोज्छ’ उनले भने, ‘केपी ओलीसँग कस्ता कस्ता मान्छे छन्, मैले भनिरहनु पर्दैन । पार्टीको विकासमा ओली नै बाधक छन् ।’

सही विचार, सही पार्टी र सही नेतृत्व बनाउन र सिद्धान्तप्रति प्रतिबद्ध कार्यकर्ता बन्न उनले सुझाए ।

कार्यक्रममा नेता घनश्याम भुसालले नेपालका कम्युनिष्टहरुले ७० वर्षसम्म गरेको त्याग तपस्या, बलिदानलाई  तहसनहस पार्ने काम ओलीले गरेको आरोप लगाए । ‘कम्युनिष्ट पार्टीको कुनैदिन बहुमतको सरकार हुन्छ, त्यो सरकारले मजदूर, किसान, मध्यमवर्ग, पेशाकर्मी, उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्दै देशको विकास गर्छ भन्ने आशा र विश्वास थियो’ उनले भने ‘जनताले बहुमत दिए पनि केपी ओलीले तानातानीलाई निरन्तरता दिए ।’

ओलीले गरेको बदमासीलाई सुधार गर्न र पार्टीको रक्षाका लागि कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

भेलाले बालगोपाल थापाको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । कमिटीमा सुदीप लामा, विचारी यादव, प्रद्युम्न सेढाईं, शम्भु गुप्तालगायत १७५ जना सदस्य छन् । केपी ओली समूहको जिल्ला अध्यक्षमा प्रभु हजारा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४