Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीका कारण देश बर्बादीतर्फ अघि बढ्यो : डा. शेखर कोइराला


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 10.3K
    SHARES

पोखरा /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री खड्कप्रसाद ओलीका कारण देश वर्वादीतर्फ अघि बढेको बताएका छन् । नेता कोइरालाले भने, ‘संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीति अन्याय भएको छ ।’

शान्ति नायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा आयोजित फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवाद तर्फ अघि बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

 

उनले भने, ‘प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र नै धरापमा प¥यो ।’ गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीको आयोजनामा भएको गोष्ठीमा प्रखर तथा निडर नेता शेखर कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए ।

अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए । नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पस्ट पारे ।

नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद भएको टिप्पाणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट कांगे्रसलाई नभएको उल्लेख गरे । पार्टीको महाधिवेशन कात्तिक ७ मै गराउन कार्यकर्ता जुमुर्राउने समय आएको बताए ।

पार्टी नेतृत्वप्रति समय खर्र्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे । फाउन्डेसन कास्की संयोजक यादवराज अधिकारीको अध्यक्षतामा भएको सभामा नेता गुरुराज घिमिरेले विश्वराजनीतिमा गिरिजाप्रसादले ३ वटा ठूला क्रान्ति गरेको उल्लेख गरे ।

गिरिजाप्रसादले सहमति, सहकार्य र एकताको माध्यमबाट नेपालको राजनीतिक भविष्य निर्धारण गरेको विचार राखे । सभामा नेतृ कमला पन्तले २०४८ देखि ०५१ सम्मको गिरिजाप्रसादको अर्थ नीतिले आजसम्म देश चलेको बताइन् ।

सभामा नेता जीवन परियार, नेतृ रत्ना शेरचन, जीपी फाउन्डेसन गण्डकी प्रदेश संयाजक शारदा पौडेल, नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, पूर्व सभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, नेता देवराज चालिसे, खोटाङका पूर्व पार्टी सभापति सुवास पोखरेल, राष्ट्रिय सभाका सचेतक अनिता देवकोटा, पूर्व राष्ट्रिय सभा सदस्य वृन्दादेवी आले राना, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेता विजयराज आचार्य लगायतले विचार गोष्ठीमा धारणा राखेका थिए ।

यसैबीच नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन भएको छ । संघका महासचिव केदार धमलाको नेतृत्वमा भएको विमोचन सभामा प्रमुख अतिथि डा. शेखर कोइरालाले श्रमिकको समस्यामा कांग्रेस प्रतिबद्ध भएको बताए ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीद्वारा आयोजित विचार गोष्ठीमा भएको विमोचन सभामा महासचिव केदार धमलाले श्रमिकको समस्या समाधान नभएसम्म देशमा परिवर्तनमा आभाष नहुने बताए ।

धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्न सरकार असफल भएको बताउँदै छिटो भन्दा छिटो सुरक्षा कोषमा जोड्न कांग्रेस पार्टीले पहल गरिदिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४