काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दोश्रो चरणको कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको छ ।
शनिबार (आज) सिंहदरबारमा बसेको सीसीएमसी बैठकले अहिलेको कोरोनाको अवस्थामा छलफल गर्दै स्वास्थ्य सावधानीका साथै मापदण्डमा कडाई गर्ने निर्णय गरेको हो ।
बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले निगरानी सतर्कताका बिषयमा जोड दिदै स्वास्थ्य मापदण्डमा कडाई गर्न अपिल गर्ने निर्णय भएको बताउनुभयो ।
त्यस्तै कोरोना नियन्त्रणमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने निर्णय भएको उहाले बताउनुभयो । उहाँले अहिले नै कुनै कडा कदम चाल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।