अनुगमनको क्रमममा अस्वभाविक मूल्य अन्तर राखेर कालोबजारी गर्ने, व्यवसाय दर्ता नगर्ने, खरिद बिल नदेखाउनेलाई कार्यालयले कारवाही गरेको वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
उहाँले सामान किन्दा विल नदिने भ्याट विल नदिने धेरै मूल्य लिने किनेको सामान फिर्ता नगर्ने गुनासो आएपछि अनुगमन गरेर कारबाही गरेको जानकारी दिनुभयो ।
अनुगमनको क्रममा प्रदेश नं १ का १४ वटै जिल्लाका पसल, उद्योग र फर्मलाइ १३ लाख जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।
उपभोक्ता ठगिएको उजुरी र गुनासो आएपछि विराटनगर महानगरपालिकाले १९ वटै वडाका वडा अध्यक्षहरु र महिला जनप्रतिनिधिहरुलाई सचेतनाको लागि एक दिने अन्र्तक्रिया कार्यक्रमको आयोजना समेत गरेको छ ।
उपभोक्ता ठगिएको गुनासोलाई जनप्रतिनिधिहरुले चासोको रुपमा लिनुपर्ने र ठगी गर्नेलाई कारवाही गर्नु पर्ने महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले बताउनुभयो