काठमाडौं । मुलुकमा थप ३ सय ३७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ३ सय ३७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ५१ संक्रमित निको भए, १ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ५१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५३२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ०९ हजार ७७६ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको छ ।