Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल टेलिकमलाई सुधार नगर्दासम्‍म मुलुकको हित हुँदैन : सञ्चारमन्त्री गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 6.1K
    SHARES

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुर्नसंरचना गर्नुपर्ने बताएका छन् ।

नेपाल दूरसञ्‍चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, ‘नेपाल टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित हुँदैन । त्‍यसकारण टेलिकम पुर्नसंरचना गर्नुपर्छ ।’

त्यसका लागि आफू तयार रहेको भन्‍दै मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढङ्गले प्रस्ताव ल्याउन कर्मचारीहरुलाई निर्देशन पनि दिए।

उनले लिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकोले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरुलाई आग्रह गरे।

कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि उनले स्पष्ट पारे। उनले भने, ‘ सरकारले रणनीतिक व्यवस्थापन पार्टनर ल्‍याउँदा कुनै कर्मचारीले रोक्छ भने सरकार कर्मचारीलाई सहयोग गर्दैन। ‘

टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे । उनले भने, ‘ टेलिकम भित्र पार्टीगत रुपमा सङ्गठन निर्माण नगर्नुस् ।समग्रमा टेलिकमको हितमा सोच्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४