Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघको निर्वाचन हाल सम्मको नतिजा : कुन जिल्लामा कसले जिते ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.8K
    SHARES

अधिकांश जिल्लामा पोखरेल नेतृत्वको गठबन्धन विजयी


 काठमाडौं । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुमा हालै नयाँ नेतृत्व चयन भएको छ । महासंघको केन्द्रीय समितिको मतगण्ना जारी छ भने अधिकांश जिल्ला, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिको नतिजा सार्वजनिक भइसकेको छ ।

नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी केन्द्र निकटको प्रेस संगठनसहित ११ वटा पत्रकार संघले गठबन्धन गरेका थिए । त्यस्तै नेकपा एमाले निकट संगठन प्रेस चौतारीको केपी शर्मा ओली समूहले जनता समाजवादी पार्टी निकट प्रेस संगठन प्रेस मञ्चसहितले गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रेस युनियन र प्रेस संगठन विपुल पोखरेलको नेतृत्वमा र प्रेस चौतारीको ओली समूह निर्मला शर्माको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दिएको थियो ।

महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रीय समितिका लागि पोखरेल समूहको प्यानल नै अगाडि छ । हालसम्म केन्द्रीय समितिको लागि ५५ जिल्लाको मत गणना सकिएको निर्वाचन समितिका सदस्य हिरण्ड शाक्यले जानकारी दिए ।

निर्वाचन समितिका अनुसार ५५ जिल्लाको मत गणना सकिदा अध्यक्षका प्रत्यासी पोखरेलले ४ हजार ४ सय ४६ मत ल्याएका छन् भने शर्माले हालसम्म २ हजार ५ सय ३० मत प्राप्त गरेकी छिन् । पोखरेल समूहको प्यानल सबै पदमा अगाडि देखिएको छ ।

उता जिल्ला समितिको भने अधिकांश जिल्लाको मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन समितिले जनाएको छ । जिल्ला समितिहरुमा अधिकांश पोखरेल गठबन्धनले नै जितेको निर्वाचन समितिले जनाएको छ । सार्वजनिक भएका ७० बढी जिल्ला अध्यक्षमा १ दर्जन बढी जिल्लामा शर्मा नेतृत्वको गठबन्धनले जित हासिल गरेको छ भने बाँकी अधिकांश पोखरेल गठबन्धनले जित हासिल गरेको छ । यद्यपि, केही जिल्लाहरुमा भने केन्द्रको भन्दा फरक गठबन्धन बनाइएको थियो ।

हेर्नुहोस् कुन जिल्लामा कसले जिते ?

क्रसं. जिल्ला नाम समूह
१ इलाम विप्लव भट्टराई नेपाल प्रेस युनियन
२ झापा एकराज गिरी नेपाल प्रेस युनियन
३ पाँचथर गिरिराज बास्कोटा नेपाल प्रेस युनियन
४ ताप्लेजुङ आनन्द गौतम नेपाल प्रेस युनियन
५ तेह्रथुम अमृत बास्तोला नेपाल प्रेस युनियन
६ मोरङ सञ्जीव खनाल प्रेस चौतारी ओली समूह
७ सुनसरी जनकऋषि राई प्रेस संगठन नेपाल
८. धनकुटा नगेन्द्र राई नेपाल प्रेस युनियन
९ संखुवासभा इन्द्र गिरी नेपाल प्रेस युनियन
१० सोलुखुम्बु नुतन श्रेष्ठ प्रेस चौतारी ओली समूह
११ भोजपुर एक्सन राई माधव नेपाल पक्ष प्रेस चौतारी
१२ ओखलढुंगा ल्हाक्पा शेर्पा प्रेस मञ्च
१३ खोटाङ दिलिप खत्री नेपाल प्रेस युनियन
१४ उदयपुर भरत खड्का प्रेस चौतारी ओली समूह
१५ सप्तरी श्रवण देव नेपाल प्रेस युनियन
१६ सिराहा मनोज बैनैता प्रेस मञ्च
१७ सर्लाही टंक क्षेत्री नेपाल प्रेस युनियन
१८ धनुषा मनिका झा प्रेस संगठन
१९ रौतहट प्रेमचन्द्र झा प्रेस चौतारी माधव समूह
२० महोत्तरी कमलेश मण्डल नेपाल प्रेस युनियन
२१ पर्सा अनुप तिवारी प्रेस चौतारी ओली समूह
२२ रामेछाप बद्री घिमिरे नेपाल प्रेस युनियन
२३ दोलखा दिपशंकर चौलागाई नेपाल प्रेस युनियन
२४ काभ्रे बद्री तिमिल्सिना नेपाल प्रेस युनियन
२५ सिन्धुपाल्चोक जीवन श्रेष्ठ प्रेस संगठन नेपाल
२६ सिन्धुली कृष्णहरि घिमिरे प्रेस चौतारी ओली समूह
२७ धादिङ रामराज शर्मा प्रेस चौतारी ओली समूह
२८ काठमाडौं सूर्य सुवेदी प्रेस संगठन नेपाल
२९ ललितपुर सागर न्यौपाने प्रेस संगठन नेपाल
३० मकवानपुर मणिराज गौतम नेपाल प्रेस युनियन
३१ चितवन नारायण अधिकारी नेपाल प्रेस युनियन
३२ रसुवा केशव पौडेल प्रेस संगठन नेपाल
३३ तनहुँ उज्ज्वल पौडेल प्रेस मञ्च
३४ कास्की विमला भण्डारी नेपाल प्रेस युनियन
३५ बागलुङ नरेश कँडेल नेपाल प्रेस युनियन
३६ स्याङ्जा श्रीकृष्ण सिग्देल नेपाल प्रेस युनियन
३७ पाल्पा रेखिराम राना प्रेस संगठन नेपाल
३८ अर्घाखाँची अशोक खनाल प्रेस संगठन नेपाल
३९ गोरखा नरहरि सापकोटा नेपाल प्रेस युनियन
४० लमजुङ परमेश्वर अधिकारी नेपाल प्रेस युनियन
४१ मनाङ नविन लामिछाने नेपाल प्रेस युनियन
४२ मुस्ताङ सुन्दर थकाली प्रेस चौतारी माधव समूह
४३ नवलपुर विरेन्द्र पराजुली नेपाल प्रेस युनियन
४४ रुपन्देही रामराज पोखरेल नेपाल प्रेस युनियन
४५ कपिलवस्तु किरणमान ब्रर्जाचार्य नेपाल प्रेस युनियन
४६ गुल्मी टोपलाल अर्याल प्रेस चौतारी माधव समूह
४७ प्युठान सञ्जय रिजाल नेपाल प्रेस युनियन
४८ बर्दिया यादव आचार्य नेपाल प्रेस युनियन
४९ बाँके दामोदर भण्डारी नेपाल प्रेस युनियन
५० दाङ दुर्गालाल केसी प्रेस चौतारी ओली समूह
५१ कैलाली हिमाल जोशी नेपाल प्रेस युनियन
५२ कन्चनपुर माधव धामी नेपाल प्रेस युनियन
५३ डोटी मोहन शाही नेपाल प्रेस युनियन
५४ अछाम खम्ब खत्री नेपाल प्रेस युनियन
५५ बझाङ शैलेन्द्र रोकाय नेपाल प्रेस युनियन
५६ बाजुरा छक्क मल्ल नेपाल प्रेस युनियन
५७ रुकुम पूर्व लक्ष्मण केसी नेपाल प्रेस युनियन
५८ सुर्खेत ललित बसेल नेपाल प्रेस युनियन
५९ जाजरकोट बालकुमार शर्मा नेपाल प्रेस युनियन
६० सल्यान नवीन पौडेल नेपाल प्रेस युनियन
६१ मुगु नृपेन्द्र मल्ल नेपाल प्रेस युनियन
६२ हुम्ला राजन रावत नेपाल प्रेस युनियन
६३ भक्तपुर जगत प्रजापति नेपाल प्रेस युनियन
६४ बारा रेशम तिवारी नेपाल प्रेस युनियन
६५ पश्चिम नवलपरासी हरि शर्मा नेपाल प्रेस युनियन
६६ दैलेख यज्ञबहादुर थापा प्रेस चौतारी माधव समूह
६७ डडेलधुरा हिक्मत सिंह प्रेस चौतारी माधव समूह
६८ रोल्पा नविन लोचनमगर प्रेस संगठन नेपाल
६९ जुम्ला नेत्रबहादुर शाही प्रेस संगठन नेपाल
७० दार्चुला कृष्णसिंह धामी प्रेस चौतारी ओली समूह
७१ कालीकोट भरतराज विष्ट प्रेस चौतारी ओली समूह
७२ डोल्पा सरोज थापा प्रेस चौतारी ओली समूह

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४