Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आहा-रारा गोल्डकप फाइनल शनिबार !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 3K
    SHARES

पोखरा,  । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल शनिबार पोखरा रगंशालामा हुँदैछ ।

शनिबार दिउँस २ बजे उपाधिका लागि संकटा व्याइज क्लब र पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन भिड्दै छन् ।

पाँच पटकसम्म आहा रारा गोल्डकपमा सहभागी बनेको संकटा क्लव पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

पहिलो पटक फाइनलमा पुगेको संकटा इतिहाँस रच्ने दाउमा रहेको छ ।

पहिलो पटक सहभागिता जनाएको अफ्रिकन रुट्स पनि उपाधि चुम्ने लक्ष्यमा रहेको शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा बताइएको छ ।

अफ्रिकन रुट्सका कप्तान साल्भियोले नेपाल पुलिस जस्तो शसक्त टिमलाई जितेर फाइनलमा पुगेको हुनाले खेलाडीहरुको हौसला उच्च रहेको बताउँदै पहिलो पटक नेपालमा उपाधि लिन यो अवसर नगुमाउने बताउनुभएको छ ।

यता संकटाका प्रशिक्षक सल्यान खड्गीले उपाधि होडमा आफ्नो टिमले कुनै कसर वाँकी नराख्ने बताउनुभएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया र उपविजेता टिमले नगद ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४