Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अल्पसंख्यक किसान जातिका अनौठा खानेकुरा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 3.5K
    SHARES

किसान जाति सुदूर पूर्वी भेग झापाको मेची नगरपालिका क्षेत्रमा बसोबास गर्ने एक जाति हो । उक्त नगरपालिकाको पशुपति गाउँ, सतीघट्टा, खुटीडागी जस्ता क्षेत्रमा मात्रै बसोबास गर्ने यो जातिलाई सतार, राजवंशी, धिमाल र मेचे जातिकै समूहमा राखेर आदिवासीको रुपमा मानिन्छ । तर डोरबहादुर विष्टले लेखेको पिपुल अफ नेपालमा भने किसान जातिको बारेमा उल्लेख गरिएको छैन ।

किसान जातिको नेपालमा बसोबास कहिलेदेखि भयो भन्ने बारेमा यकिन जानकारी प्राप्त भएको छैन । एम.एको भिलेज प्रोफाइल तयार पार्ने क्रममा कुल बहादुर बिष्टले यो जातिलाई भारतको पश्चिम बंगालमा अँग्रेजहरुले चिया खेतीको विकास गरेपछि चिया बगानका काममा लगाउन राँचीबाट ल्याएको जाति हो भन्ने उल्लेख प्राचीन नेपालमा केशवप्रसाद अधिकारीले प्रकाशित गरेका छन् । राँचीबाट बेलाबलामा उनीहरुलाई भेट्न त्यहाँका एमएलए समेत आउने गरेको प्राचीन नेपालमा प्रकाशित उक्त अनुसन्धानमूलक आलेखमा उल्लेख छ ।

किसान जातिको बारेमा अनुसन्धानरत भीम किसानले दिएको जानकारीको आधारमा उनीहरूको भेषभुषा र रहनसहनको बारेमा तल उल्लेख गरिएको छ ।

किसान जातिको भेषभुषा
किसान जातिमा केही मौलिक र केही अन्यबाट प्रभावित पोसाक संस्कार रहेको पाइन्छ । किसान पुरुषहरु कमिज र धोती लगाउने गर्छन् । किसान महिलाहरु धोती र ब्लाउज लगाउँछन् । पुरुषको आफ्नै मौलिक खालको गहना छैन । सामान्यतया किसान पृुरुषहरु गहना नै लगाउँदैनन् । महिलाहरु भने चाँदुवा –चाँदीको मोहर पैसाको माला) लगाउने गर्छन् भने सिक्री, तर्की (झुम्का) लोला (टप), बेरा –मोटा मोटा चाँदीका चुरा) चुरी आदि रहेका छन् ।

यसका अतिरिक्त किसान महिलाहरु कम्मरमा धुन्सी(पेटी), खुट्टामा पैह्री –कल्ली जस्तै तर गोलो आकृतिको होइन) र खुट्टाको औलामा झटिया लगाउने गर्छन् । कपालमा खङ्सो, चौरी (धागो) लगाउँछन् । यिनीहरुले लगाउने यी सबै गहनाहरु चाँदीबाट बनाइएका हुन्छन् । जति धनी भएपनि यिनीहरु पहिले सुनका गहना लगाउँदैन थिए । तर अहिले यो संस्कृति परिवर्तन भइसकेको किसान बताउँछन् । किसान महिलाहरुले नाक छेड्दैनन् । त्यसैले यिनीहरु फुली लगाउँदैनन् । किसान महिलाहरुलाई चिन्ने यो सरल उपाय हो । किसान महिला तथा पुरुष दुवैले आफ्ना हातका पाखुरा र खुट्टाका पिडुलामा कुनै पनि देवीदेवता वा कसैको पनि आकृतिको टाटु खोपाउँदैनन् ।

किसान जातिको सांस्कृतिक विशेषता
किसानहरु समाजमा आपसमा मिलेर बस्न रुचाउँछन् । झै-झगडा परिहाल्यो भने त्यसको छिनोफानो गर्नको लागि आफ्नै महतोको व्यवस्था गरेका हुन्छन् । किसानहरूको आफ्नो छुट्टै परम्परागत संस्था हुन्छ जसको नाम कछेरी हो। त्यसको प्रमुखलाई महतो भनिन्छ । महतोको सहायक व्यक्तिलाई उकिल भन्ने गरिन्छ । महतोको अनुपस्थितिमा उकिलले उसको काम गर्ने गर्छ । त्यसबाहेक अर्को पद सिपाही भन्ने हुन्छ । उसको काम दोषीलाई पक्रिएर कचेरीमा उपस्थित गराउनु हो । कहिलेकाहीँ बालक भएमा उसकी आमा वा परिवारका अन्य सदस्यले उसको काममा सहयोग गर्छन् । चोरी डकैती र ज्यानमार्ने कार्यबाहेक प्रायः अरु सबै झै-झगडामा प्रायः अरु सबै किसिमका झै-झगडाको छिनोफानो राजाले गर्छन् ।

किसानहरु राँगा खाँदैनन् । राँगाको मासु खाने कंवर जातिलाई उनीहरु तल्लो जात मान्ने गर्छन् । उराव किसानको सबभन्दा तल्लो जात हो । उनीहरु गोरुको मासु खान्छन् । रागो र गोरुको मासु खानेसँग नखाने किसान जातिले विवाह गर्न मान्दैनन् । कंवर र उराव केटीको विवाह भइहाल्यो भने त्यसलाई स्वीकार गर्ने कि नगर्ने ? अधिकार तिनै महतोमा निहीत हुन्छ ।

किसान जातिमा कसैले गल्ती गरिहाल्यो भने पहिलेपहिले ३ किसिमको दण्डको व्यवस्था थियो । पहिलो शारीरिक दण्ड दिइन्थ्यो । शारीरिक दण्ड अनुसार गल्ती अनुसारको कुटपिट गर्ने चलन थियो । दोस्रो त्यतिले पुगेन भने गाउँ निकालासम्म हुन्थ्यो । त्यसलाई भौतिक दण्डको रूपमा मान्ने चलन छ ।

किसान जातिको खानपान संस्कार 

किसान जातिको खानपान संस्कारमा उल्चालाई विशेष खानाको रूपमा मान्ने गरिन्छ । उल्चा रोटी फागुनको फगुवामा खाने गरिन्छ । यो चामलको पिठोबाट बनाउने गरिन्छ । त्यस्तै तहाडी भन्ने अर्को परिकार हुन्छ । यो बिरयानी जस्तै हुन्छ। यो लोकल कुखुराको मात्रै बन्छ । यो कुल पूजामा मात्रै खाने परिकार हो ।

लोसोरा चामलको पिठोको तातो तातो बनाएर चिनी हालेर खाने परिकार हो । कुडुङ लोसोरा जस्तै हो । तर सुख्खा कोहंरी यो चाहिँ मकैको पनि हुन सक्छ । यो उसिनेर बनाएको हुन्छ । यो परिकार सिमीको सुकेको दाना र गहुँ आदिको हुन्छ । किसानहरूले जंगली च्याउ अत्यधिक खाने गर्छन् । यसबाहेक पनि उनीहरू माछाको सौखिन हुन्छन् । यसबाहेक घुँगी पनि किसान जातिको मौलिक खाना हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४