Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई वनमन्त्रीको फोन– हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउनू


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरवको रुपमा रहेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी १  र २ मा करिब ५ किलोमिटर सडक निर्माणमा रोक लगाएको छ ।

सांसद लक्ष्मणलाल कर्णसहितको एक प्रतिनिधि टोलीले वनमन्त्री आलेसँग भेट गरी तत्काल सडक निर्माणको काम अघि बढाउने वातावरण बनाइदिन विहीबार आग्रह गरेको थियो । मन्त्री आलेले संरक्षण अधिकृत बराललाई फोन गरेर सडक निर्माण कार्य नरोक्न निर्देशन दिएको भेटमा सहभागी प्रतिनिधि टोलीका सदस्य सन्तोष श्रेष्ठले जानकारी दिए ।

संरक्षण अधिकृत बराललाई टेलिफोन गर्दै मन्त्री आलेले भने, ‘राष्ट्रिय गौरवको आयोजना हो । वातावरण प्रभाव मूल्यांकन पनि हुँदै गर्छ । काम पनि नरोकौं । काम अगाडि नबढे बजेट नै फ्रिज हुन सक्छ । जनताको काम हो । यस्तो काममा हामीले सहयोग नै गर्नुपर्छ ।’

मन्त्रीसँगको टेलिफोन सम्वादमा संरक्षण अधिकृत बरालले फास्ट ट्र्याकबाट वातावरणीय प्रभाव मूल्यांकन गरेर काम अघि बढाउन सकिने बताएका थिए । तर मन्त्री आलेले वातावरणीय प्रभाव मूल्यांकन गर्दा ६ महिना बित्न सक्ने भन्दै दुवै काम सँगसँगै अगाडि बढाउन सकिने बताएका थिए ।

प्रतिनिधि टोलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशकसँग पनि भेट गरेको थियो ।

निकुञ्जले सडक निर्माणमा अवरोध पु¥याएको भन्दै ठेकदार कम्पनीले अधुरो सडक हस्तान्तरण गरेर हिँडेपछि स्थानीयले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४