Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा घरेलु बन्दुकमा रोक लगाउने उद्देश्यले कार्यकारी आदेश जारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.3K
    SHARES

 काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडनले कार्यकारी आदेश जारी गरेको बीबीसीको समाचारमा उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन ।

स्थानीयस्तरमा उत्पादन हुने ‘घोस्ट गन’ दर्ता नहुने भएकाले पत्ता लगाउन कठिन हुने जानकारहरु बताउँछन् ।

अमेरिकी नागरिकले हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानले सुनिश्चित गरेको छ । बाइडनले जारी गरेको यस सम्बन्धी कार्यकारी आदेशलाई कतिपयले आफ्नो संवैधानिक अधिकार हनन भएको रूपमा हेरेका छन् ।

अमेरिकामा बन्दुकबाट हुने हिंसा टाउको दुखाइको विषय बनेको छ । एक कार्यक्रममा राष्ट्रपति बाइडनले अमेरिकामा बन्दुकबाट हरेक दिन १०६ जनाको मृत्यु हुने गरेको तथ्यांक सुनाएका थिए ।

गत बुधबारमात्रै साइथ क्यारोलाइनमा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी मार्च महिनामा भएको बन्दुक आक्रमणबाट १८ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४