Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 6.1K
    SHARES

बुटवल /  राष्ट्रिय जनमोर्चाको अध्यक्षतामा पुनः चित्रबहादुर केसी निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसी निर्वाचित भएका हुन् ।

राष्ट्रिय जनमोर्चाका अनुसार पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना बैकल्पिक सदस्यसहित कुल ४७ जना केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।

 

राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दूर्गा पौडेल निर्वाचित भइन् ।

त्यस्तै सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । सम्मेलबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्ण बहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्न बिक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गना, घनश्याम न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै, अन्य सदयस्यहरुमा झविलाल थापा, पियारी थापा, ईन्दिरा ज्ञवाली, यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेबी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दिपक पाण्डे, पदमा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरी प्रसाद वुढा, गौरीश्वर पाण्डे, धर्मान्द सुवेदी, चिन्ता मणी पौडेल, हेम कुमार गुरूङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदय नारायण चौधरी, सुवर्ण विक्रम थापा विजयी भएका छन् ।

हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हो । उक्त सम्मेलनबाट राजनीतिक सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिबेदन समेत सर्वसम्मतले पास भएको छ ।

बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४