Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 3.7K
    SHARES

मुगु । सोरु गाँउपालिकाकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । सोरु गाँउपालिका—९ कालै स्थाई ठेगाना हाल सोही गाँउपालिका—८ तारानीमा अस्थाई बसोबास गर्दै आएका सिद्धीलाल चौलागाईको ९ बर्षिया छोरी लक्ष्मी चौलागाईलाई सोही गाँउपालिका—८ का २० वर्षीय प्रबेश रावलले बलात्कार पछि हत्या गरेको खुलेको छ ।

 

चैत्र २१ गते साँझ ५ बजेपछि घरबाट अन्दाजी पाँच सय मिटर टाढा शौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले बलात्कारको प्रयास गर्दा अस्वीकार गरेपछि हत्या गरेको खुलेको हो। बलात्कार प्रयासलाई बालिकाले अस्वीकार गरेपछि आक्रमण गर्दा बेहोस् भएकी बालिकालाई मुगुको कर्णाली नदीमा फालेको आरोपितले स्वीकार गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डीएसपी चित्रबहादुर भट्टराईले आरोपितले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको जानकारी दिए।

चैत २१ गते बेलुकी ५ बजे तिर घरबाट ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए ।बालिका शौच गर्न लागेका बेला आरोपित रावलले बलत्कार प्रयास गर्न खोज्दा बालिका चिच्याउन खोजेपछी रावलले धकेल्दा बालिका ढुङ्गामा बजारिई बेहोसभएको र घटना बाहिर आउने डरले बालिकालाई खोलामा बगाएको बयान दिएका छन् ।

घट्ना स्थलबाट बालिकाको निलो रङको एक जोडा चप्पल समेत प्रहरीले बरामद गरिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक नरेश बिकले जानकारी दिनुभयो । बालिकाका बुवा शिद्धिलाल ब्यापारका शिलशिलामा जिल्ला बाहिर रहेका छन् । घटना भएको दिन राति अबेरसम्म बालिका घर नफर्के पछी बालिकाको आमाले खोजतलास गरेकी थिईन ।

बालिकाको शव २३ गते बिहान ७ बजे घट्ना स्थल आसपासमा माछा मार्न गएका स्थानीयले बालिकाको लास कर्णाली नदीको बिच भागमा अड्किएको देखेपछी परिवार र प्रहरीलाई जानकारी गरेका थिए ।

प्रहरीको अनुसन्धानले घट्नामा संलग्न देखिएका प्रबेश रावललाई चैत्र २४ गते बेलुकि ४ बजे तारापानीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बालिका कक्षा दुईमा अध्यनरत थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४