Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्राहकमाथि वर्ल्डलिंकको यस्तो ‘ठगीधन्दा’ : २० एमबिपिएसको पैसा लिएर १० एमबिपिएस स्पिड !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 6.9K
    SHARES

काठमाडौं, / राजधानी काठमाडौं स्थित बानेश्वरकी बिनिता नेपाली (नाम परिवर्तन)ले वर्ल्डलिंक नामक इन्टरनेट जोडिन् । वर्ल्डलिंकका कर्मचारीले इन्टरनेट जोड्नुअघि ‘प्याकेजहरु बारे स्पष्ट बताएनन् । ‘मासिक १४ सय रुपैयाँ बुझाउनुपर्छ । अहिले तीन महिनाको शुल्क, कर र जडान खर्च गरेर १३ हजार ५ सय ६० रुपैयाँ दिनु’ कर्मचारीले यसो भनेपछि उनले सोही रकम बुझाइन् ।

तीन महिनापछि उनलाई सुचना नदिई इन्टरनेट चल्न छाड्यो । उनले वर्ल्डलिंकको नम्बर ९८०१५२३०५० मा सम्पर्क गर्दा शुल्क बुझाएपछि मात्रै इन्टरनेट चल्छ भन्दै कर्मचारीले कार्यालयमा आएर शुल्क बुझाउन अह्राए । शुल्क बुझाउन उनी वर्ल्डलिंकको काउन्टरमा पुगिन् । काउन्टरका कर्मचारीले मासिक ४ हजार ५ सय ५० रुपैयाँ तिनुपर्ने बताएपछि उनी छाँगाबाट खसे सरह भईन् ।

यो पनि

इन्टरनेटको नाममा भायनेटको ठगीधन्दा : ‘डिभाइस चेन्ज गर्नुपर्छ’ भन्दै ग्राहकबाट २५ सय ठग्दै !

 

वर्ल्डलिंकका कर्मचारीले उनलाई एसएमई प्याकेज अन्तर्गत मासिक २० एमबिपिएसको स्पिड इन्टरनेट प्याकेज लगाईदिएका रहेछन् । २० एमबिपिएसको स्पिड भनिएपनि ईन्टरनेट भने १० एमबिपिएस पनि नचल्ने गरी वर्ल्डलिंकले उनीजस्तै लाखौँ ग्राहकलाई ठगी गर्दै आएको पाइएको छ ।

नीजि क्षेत्रको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनिको रुपमा चर्चामा रहेको वर्ल्डलिंकले अधिकांश ग्राहकलाई झुक्याउँदै ठगी गर्दै आएको छ । ‘एक पटक सुचना पनि नदिई नेट काटिँदो रहेछ । हामीलाई शुरुमा १४ सय रुपैयाँ बुझाउनुपर्छ भनिएको थियो । कर्मचारीले नै अर्को प्याकेज हालिदिएका रहेछन्,’ उनले भनिन्,‘उनीहरुले यस्तै गरेर ठगी गर्दा रहेछन् । मलाई जति २० एमबिपिएस स्पीडको भनेर रसिदमा लेखिएको छ । तर नेट भने असाध्यै स्लो चलिरहेको छ ।’

दिलिप अग्रवाल

‘हिटरनेट अफर’को नाममा वर्ल्डलिंकको ठगीधन्दा : पैसा तिरेको १७ दिनसम्म ग्राहकले हिटर पाएनन् !

 

ईन्टरनेटमा वर्ल्डलिंकको कालाेबजारी : ग्राहक भन्छन्, ‘ठग कम्पनी, पैसा लिन्छ सेवा दिँदैन’

ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याउने यो कम्पनिले सेवा लिइरहेका ग्राकहलाई भनी ठगि गर्दै आएको छ ।

‘यो एक जनालाई मात्रै होइन अधिकांश नेपालीलाई यसरी नै ठगी भइरहेको छ,’ एक सफ्टवेर विज्ञ भन्छन्,‘मैले २० एमबिपिएसको पैसा तिरेर किने १० एमबिपिएस मात्रै चलाउने ? मलाई सिधै १० एमविपिएस ठगि भइरहेको छ ।’

वर्ल्डलिंकको ९८०१५२३०५० नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले ‘प्याकेज’ चेन्ज गर्न सुझाव दिए ।

दिलिप अग्रवाल सञ्चालक र सिइओ रहेको यो कम्पनि अवैध भिओआइपी कल बाइपासमा समेत पटक पटक समलग्न हुँदै आएको छ ।

समाचारमा प्रयाेग गरिएकाे तस्विर http://nextgrowthconclave.com बाट साभार गरिएकाे हाे ।

सामाजिक संजालमा एक सफ्टवेर विज्ञयले यसरी वर्ल्डलिंककाे ठगीधन्दाबारे विस्तृतमा बताउँछन् ।

‘करिब दुई दशकदेखि इन्टरनेटसम्बन्धी सेवा सञ्चालन गर्दै आएको सो कम्पनीले ग्राहकलाई कम्तीमा २० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै ग्राहकबाट मासिक ४ हजार ५ सय २० रुपैयाँ लिँदै आएको छ । तर डाउनलोड र अपलोड दुवैमा आधाभन्दा बढी नेट–स्पिड (एकतिहाइ एमबीपीएस मात्र) उपलब्ध गराएर दुईतिहाइ एमबीपीएससम्म ठगी गर्ने गरेको यसअघि नै थाहा भएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४