Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणमुक्त भएका एक तिहाइमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 3K
    SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो ।

अध्ययनमा कोरोना संक्रमणपछि निको भएका दुई लाख ३६ हजार मानिस सहभागी थिए, जसमध्ये ३४ प्रतिशतले संक्रमण भएको ६ महिनाभित्र आफूलाई कुनै न कुनै रुपमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको बताएका हुन् ।

वैज्ञानिकहरुका अनुसार रुघाखोकी लागेकाहरुमा पनि यस्तो समस्या देखिन्छ । तर त्यसको तुलनामा कोरोना संक्रमणबाट मुक्त भएकाहरुमा यस्तो समस्याको जोखिम ४४ प्रतिशत बढी देखिएको छ । साथै संक्रमित हुँदा जति गम्भीर लक्षण देखियो, जोखिम पनि त्यति बढी हुने अध्ययनमा पाइएको थियो ।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका र केही सामान्य लक्षण देखिएका मानिसहरुमा संक्रमणमुक्त भएपछि समान असरहरु देखिएको शोधकर्ताहरुले बताएका छन् । यद्यपि मस्तिष्क र मानसिक स्वास्थ्यमा परेको असरबारे अझ धेरै अध्ययन आवश्यक रहेको शोधकर्ताहरुको निष्कर्ष छ ।

अध्ययनमा सहभागीमध्ये अधिकांश अमेरिकी नागरिक थिए र उनीहरुको विवरण कोरोना संक्रमण नभएका मानिसहरुसँग तुलना गरिएको थियो । अध्ययनमा सहभागी अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक पाउल ह्यारिसनले संक्रमणमुक्त भएकाहरुमा देखिएको समस्याको सम्बन्ध ‘लङ कोभिड’सँग पनि भएको हुनसक्ने बताए ।

‘लङ कोभिङ’ कोरोना संक्रमणबाट मुक्त भएपछि पनि लक्षण भने कायम रहने अवस्था हो । ‘लङ कोभिड’को सम्बन्ध कोरोनाको गम्भीर लक्षण देखिएका र सामान्य देखिएका मानिसमा कति भिन्न हुन्छ भन्ने अझै स्पष्ट हुन सकेको छैन । ‘हामीले किन र कसरी यस्तो समस्या देखिन्छ, यसको कसरी रोकथाम तथा उपचार गर्न सकिन्छ भनेर तत्काल अनुसन्धान गर्नु जरुरी छ,’ उनले भने ।

 बुधबार सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएकामध्ये अधिकांशमा डर/चिन्ताको समस्या देखिएको थियो । यस्तो समस्या भएका मानिसको संख्या १७ प्रतिशत थियो । १४ प्रतिशतले भने आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएका थिए ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएकामध्ये १३ प्रतिशतले पहिलोपटक यस्तो समस्या देखिएको बताएका थिए ।

मस्तिष्कसम्बन्धी समस्या भने निकै कम मानिसलाई मात्र देखिएको  अध्ययन प्रतिवेदनमा उल्लेख छ । केवल ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २.१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको थियो ।

किङ्स कलेज लण्डनका प्राध्यापक डेम टिल विक्सले भने, ‘यो अध्ययनले कोरोनाको सम्बन्ध श्वासप्रश्वाससँग मात्र छैन भन्ने हाम्रो आशंकालाई प्रमाणित गरिदिएको छ । यो मानसिक र मस्तिष्क स्वास्थ्यसम्बन्धी समस्यासँग पनि सम्बन्धित छ ।’

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४