न्यूज २४ शाखाको उपाध्यक्षमा रोशन श्रेष्ठ, महिला उपाध्यक्षमा सम्झना भुजेल, सचिवमा प्रशान्त ठाकुर, सह–सचिवमा विद्या बस्नेत, समावेशी सह–सचिवमा सरद राई, कोषाध्यक्षका विना पौडेल निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा श्यामहरि पुडासैनी, राजेन्द्रदेव पन्त, राजन ढकाल, कृष्णकुमारी चौलागाईं, सुशील खतिवडा, गोविन्द कुँवार, जनजाती सदस्यमा कृष्ण लिम्बू र महिला सदस्यमा एलिना घिसिङ निर्वाचित हुनुभएको छ ।
मधेशी समुदायका कोही पनि नभएका कारण स्वतः खुल्ला सदस्यमा कान्छा डंगोल निर्वाचित हुनुभएको छ, भने प्रदेश परिषद् सदस्यमा रामभक्त श्रेष्ठ र राजेन्द्र पन्त (तारकेणी) तथा केन्द्रीय परिषद् सदस्यमा मुकुन्द दाहाल निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित शाखा अध्यक्ष रिया भण्डारीले श्रमजिवी पत्रकारहरुको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै शाखा र केन्द्रबीच समन्वय गर्ने बताउनुभयो ।
निर्वाचन समिति संयोजकमा निरज खतिवडा, सदस्यमा स्मृति मल्ल तथा केन्द्रीय प्रतिनिधिमा डिल्ली बसेल हुनुहुन्थ्यो ।