Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण एसियामा कोरोना सङ्क्रमण दर तीव्र, भारतमा एकैदिन १ लाख १५ हजार बढी संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । दक्षिण एसियाली देशहरुमा कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलन थालेको छ । भारत, बङ्गलादेश, पाकिस्तानलगायत देशहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।

कोरोना सङ्क्रमणको सबैभन्दा धेरै असर भारतमा परेको छ । भारतमा एकैदिन १ लाख १५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै नयाँ रेकर्ड कायम भएको छ । योसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड २७ लाख ९९ हजार पुगेको छ ।

कोरोना सङ्क्रमण सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६ सय ३१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २ सय नाघेको छ ।

भारतमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । सङ्क्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कर्फ्युसमेत लगाइएको छ । धेरै सङ्क्रमण देखिएका अन्य प्रदेशमा पनि कडाइ सुरु भएको छ । यस्तै दक्षिण यसियाली देशहरुमध्ये बङ्गलादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ ।

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा ७ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने ६६ जनाको ज्यान गएको छ । सङ्क्रमण बढ्न थालेपछि बङ्गलादेशमा लकडाउन सुरु भएको छ । यस्तै पाकिस्तानमा पछिल्लो २४ घण्टामा १०३ जनाको ज्यान गएको छ भने झण्डै ४ हजार संक्रमित थपिएका छन् ।

सङ्क्रमण बढेपछि अप्रिल १० देखि पाकिस्तानमा अन्तरप्रदेश यातायात सेवामा रोक लगाइएको छ । भारत, बङ्गलादेश र पाकिस्तानमा सङ्क्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको डर बढेको छ । भुटान र अफगानिस्तानमा भने सङ्क्रमण नियन्त्रण उन्मूख रहेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४