Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने एक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 6.6K
    SHARES

काठमाडौं । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार सामानसहित काठमाडौँको ढुङ्गेअड्डा बस्ने चेतन गोयललाई पक्राउ गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको संयुक्त टोलीले गोयलको कस्मेटिक उद्योगमा खानतलासी गर्दा विसं २०७३ सालमा उच्च अदालत पाटनको निर्णयबमोजिम खारेज भइसकेको ट्रेडमार्क प्रयोग गरी कस्मेटिक सामान अनधिकृतरूपमा उत्पादन भएको पाइएको हो ।

प्रहरीले त्यहाँ उत्पादित २४ प्रकारका कस्मेटिक सामान र सामान बनाउन प्रयोग हुने चार वटा मेसिनसहित उद्योग सिल गरेको जनाएको छ । यस्तै सामान भण्डारण गरिएको गोदाम र पसलसमेत सिल गरिएको छ ।

सामान ओसारपसार गर्न प्रयोग भएको बा १९ च ८०५३ नम्बरको भ्यान र सो भित्र रहेको आठ बोरा सामान पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

गोयलले गुणस्तरहीन मेहन्दी भारतमा उत्पादन भएको हो भनी झुक्याई बिक्री गर्ने गरिएको, मिति समेत नराखेको, नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ । प्रहरीले दुई वर्षअघि समेत उनलाई पक्राउ गरी कारवाही चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४