Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडले लिभरपुललाई ३-१ ले हरायाे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 5.6K
    SHARES

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले सहज जीत निकालेको छ ।

क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराएको हो । रियलको जीतमा भिनिसियस जुनियरले २ गोल गरे भने मार्को एसेन्सियोले १ गोल गरे । लिभरपुलका मोहमद सालाहले एक गोल फर्काए ।

खेलको २७औं मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा एसेन्सियोले रियलको अग्रता दोब्बर पारेपछि पहिलो हाफ २–० मा सकिएको थियो । ५१औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे ।

६५औं मिनेटमा भिनिसियसले अर्को गोल थपेपछि रियल ३–१ ले अघि बढ्यो । त्यसपछि लिभरपुल खेलमा फर्कन सकेन र हार व्यहोर्न बाध्य भयो । सेमिफाइनल पुग्न अब लिभरपुलले दोस्रो लेगमा घरेलु मैदानमा २–० वा त्योभन्दा बढी अन्तरले खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४