Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्पेनमा पिस कन्फ्रेन्स हुँदै, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहभागी हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 3.6K
    SHARES

लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी परियोजनाको अवधारणा तस्वीरमा


बार्सिलोना । बुद्धको शान्ति सन्देशलाई बिश्वभर फैलाउने उदेश्यसहित स्पेनबाट पिस कन्फ्रेन्स हुने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा अप्रिल ७ देखि १२ सम्म बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै कन्फ्रेन्स हुने भएको हो। स्पेनको एक्स्त्रेमादुरा प्रदेशबाट सुरु हुने कन्फ्रेन्स संसारका विभिन्न ठाउँहरुमा गरिने लक्ष्य राखिएको छ ।

कार्यक्रमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने भएका छन् । स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुइलेरम्मो फर्नान्डेज भारा विशेष अतिथिको रुपमा सहभागी बन्ने भएका छन्। कोरोना भाइरस महामारीकाबीच सामाजिक दूरी कायम गर्दै भौतिकरुपमा उपस्थिति भएर नै कार्यक्रम हुन लागेको हो।

७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोही अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फ्रेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले अनलाइनखबरलाई बताए।

”कार्यक्रमको मुख्य उदेश्य त बुद्धको शान्ति सन्देशलाई नै संसारभर फैलाउनु हो। त्यो अलवा हाम्रो प्रोजेक्टका लागि अहिलेसम्म भएका प्रगती विवरणहरुलाई पनि भिडियो मार्फत कन्फ्रेन्समा प्रस्तुत गर्नेछौ,’’ उनले भने।

प्रोजेक्टको प्रचारप्रसारसहित नेपाल, हङ्कङ्, म्यानमार,थाइल्याण्ड लगायत बिभिन्न देशहरुको कन्फ्रेन्स गर्ने लक्ष्य फाउन्डेसनले राखेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएका दुवै नगरहरु लुम्बिनी र काथेरेसले भगिनी सम्बन्ध गासिसकेका छन् । दुवै नगरका प्रमुखहरुले लुम्बिनीमा गतवर्ष नै हस्ताक्षर गरेर सम्बन्ध जोडेका थिए ।

कार्यक्रममा सहभागी बन्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँगै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, उपमेयर बिद्या लक्ष्मी गुरुङलगायतको नेपाली टोली मंगलबार म्याड्रिड आइपुग्ने छ ।

नेपाली टोलीले स्पेनको संघीय तथा प्रदेश सरकारका अधिकारीहरुसँग भेटबार्ता गर्दैछ।

                                   “लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी परियोजनाको अवधारणा”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४