Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारको हिरासतबाट रिहा भए अष्ट्रेलियाली दम्पती


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । म्यानमारमा नजरबन्दमा रहेका अष्ट्रेलियाली दम्पती रिहा भएका छन् । उनीहरुलाई कुनै मुद्दा नचलाई मुलुक छाड्न पाउने अनुमति दिइएको छ ।

अष्ट्रेलियाको विदेश मामिला विभागले म्यानमारको यो निर्णयको स्वागत गरेको छ । आइतबार अष्ट्रेलियाली नागरिक म्याथ्यु ओकेन र क्रिस्टा एभेरी यान्गोन प्रस्थान गरेका छन् । यो दम्पतीले म्यानमारमा एक कन्सल्टेन्सीको व्यवसाय चलाउँदै आएका थिए । गत मार्च महिनामा म्यानमार छाड्ने तयारी गरेसँगै उनीहरुलाई पक्राउ गरेर नजरबन्दमा राखिएको थियो ।

रिहा भएका दम्पतीले आफूहरुले कुनै गल्ती नगरे पनि नजरबन्दको बसाइ निकै तनावपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । अर्का अष्ट्रेलियाली अर्थशास्त्री सिन टर्नेल अझै हिरासतमा छन् । उनी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका सल्लाहकार थिए । उनी म्यानमारमा पक्राउ पर्ने पहिलो अष्ट्रेलियाका नागरिक थिए । अहिले उनीमाथि आप्रवासन तथा गुप्त अपराधको विषयमा अनुसन्धान भइरहेको छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि अहिलेसम्म २५ सयभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । अष्ट्रेलियाको सेनाले म्यानमारसँगको सहकार्य अन्त्य गर्दै आफ्ना नागरिकहरुलाई म्यानमार छाड्न सुझाव दिएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४