Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मदन भण्डारीको शव भेटेका हेम बहादुर राष्ट्रपति भण्डारीको पर्खाइमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 6.5K
    SHARES

चितवन, / तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको चितवनको दासढुँगामा जीप दुर्घटनामा भएको रहस्यमय निधनपछि उहाँको शव भरतपुर महानगरपालिका– १७ गाँजीपुरमा फेला परेको थियो ।

माछा मार्न जाँदा चार जना स्थानीयले उहाँको शव फेला पारेका थिए । तर मदनकी पत्नी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुँदा पनि आफुहरुलाई अहिलेसम्म नसम्झेको गाँजीपुरबासीले गुनासो गरेका छन् । चितवनको भरतपुर महानगरपालिका वडानम्वर १७ का हेम बहादुर थापा मगरलाई जेठ महिना नजिक आउँदैगर्दा २०५० साल जेठ ४ र ५ गतेको सम्झना झली झली आइरहन्छ ।

थापा सहित सोही स्थानका श्याम बहादुर थापा मगर, कृष्णराज ठकुरी, टेकबहादुर आले माछा मार्दै जानेक्रममा भण्डारीको शव २०५० साल जेठ ४ गते नारायणी नदीको बीचमा अड्कीएको देख्नुभयो । २०५० साल जेठ ३ गते चितवनकै दासढुँगामा भएको जीप दुर्घटनामा निधन हुनुभएका भण्डारीको शव गस्तीमा गएको सेनाले पनि देख्यो । सेनाका केहीले शव बगाइदिने तयारी गरे । तर यी नै चार जना स्थानीयले मदन भण्डारीको शव बगाएर यहाँ ल्याएको हुन सक्ने बताएर रोकेका थिए ।

अन्नतत भण्डारीकै शव रहेको पुष्टि पनि भयो । शव फेला पारेका उनै हेमबहादुर परिवारको शुन्दर भविष्यका लागि २०५२ साल असोजमा खाडीमा हानीन पर्यो । करिव ११ वर्ष खाडी वसाई पछि फर्कदा पनि गाँजीपुरले भने विकास पर्खिरहेको देख्नुभयो ।

हेम बहादुर खाडीमा हुँदा शव फेला पारेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी बाट प्रसंसा पत्र दोसल्ला बाहेक अन्य कुनै पनि सहयोग र सुविधा नपाएको बताउनुहुन्छ । छोराछोरी उच्च शिक्षाको तयारीमा हुँदा व्यक्तिगतरुपमा थोरै सहयोग भइदिए हुने बताउने हेमबहादुरको ठूलो चिन्ता र चासो भने गाँजीपुरको समग्र विकासका लागि छ । देशमै एकमात्र ठूलो र ऐतिहासिक पार्क बनाई यस क्षेत्रको विकास गर्न राष्ट्रपति भण्डारीसँग उहाँको माग छ ।

राष्ट्रपति पदमा रहेको समय गाँजीपुरको विकासमा ठूलो सहयोग हुनुपर्नेमा अर्का स्थानीय अजय तामाङपनि जोड छ । त्यसो त अहिले गाँजीपुरमा मदन स्मृति पार्क बनिरहेको छ । भ्युटावर निर्माण सम्पन्न भएको छ भने शव देखिएको तर्फ रहेको सानो पार्क र त्यहाँबाट शव राखिएको ठाउँससम्म बनाइएको स्मृति पार्क जोड्ने गरी मोजाईक टायल विच्छाइएको छ ।

तीन वटा गोलाघर बन्ने क्रममा छन् भने गेट निर्माणको काम पनि भइरहेको छ । केहि नभएको ठाउँमा राम्रको कामको सुरुवात भएको बताउने स्थानीय नारायणी नदिले वर्षेनी तर्साइरहनेतर्फ सरोकारवालाहरुको ध्यान नगएको प्रति भने गुनासो छ ।

पोहोर मात्रै नारायणीमा आएको बाढिले झण्डै बगाएको सम्झने उनीहरु तटवन्धको काम तत्काल थाल्न माग गरेका छन् । तटवन्ध भएर जग्गा बचेमा मात्रै स्मृति पार्कमा रहेका संरचना रहने भन्दै तटवन्ध सहितको विकास गर्न ध्यानाकर्षण गराएका छन् । अहिलेको भएको तटवन्धका जाली खिइएका छन् भने ढुँगा झर्न थालेका छन् ।

बहुवर्षीय योजना अनुसार भौतिक संरचनाका कार्यहरु भइरहेको गाँजीपुर मदन स्मृति पार्क निर्माणका लागि भ्युटावर, गेट,अन्य संरचना बनाउन हालसम्म १ करोड ८० लाख बजेट आएको वडाअध्यक्ष ललितमान तामाङ बताउनुहून्छ । तर तामाङको चिन्ता पनि उचित तटवन्ध नभएको प्रतिनै छ । बनेका संरचना तटवन्ध अभावमा बगाएर लैजाने होकी भन्दै यसतर्फ तत्काल ध्यान दिन आग्रह गर्नुहून्छ ।

त्यसो त राष्ट्रपति नहुँदासम्म विद्यादेवी भण्डारी वर्षेनी गाँजीपुर पुग्ने र शव फेला पार्ने स्थानीयलाई भेट्ने र कुराकानी गर्नुहुन्थ्यो । तर राष्ट्रपति भएपछि गाँजीपुर नफर्किएको स्थानीय बताउँछन् । उहाँकै निर्देशनमा पार्क निर्माणको काम भएको बताउने स्थानीयहरु गाँजीपुरमा राष्ट्रपति भण्डारीको प्रत्यक्ष उपस्थितीको पखाइमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४