Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज जनआन्दोलन दिवस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । आज चैत २४ गते अर्थात् जनआन्दोलन दिवस । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ ।

०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरेका थिए । यो आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्र पुनर्बहाली गरेका थिए । ०४६ साल चैत २४ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो ।

मरिचमान सिंह नेतृत्वको मन्त्रिमण्डलले २०४६ सालको जनआन्दोलनमा दमन गरेको थियो । तर आन्दोलन झन् चर्किंदै गएपछि तत्कालीन राजा वीरेन्द्रले सिंह नेतृत्वको सरकार विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । यद्यपि चन्द नेतृत्व मन्त्रिमण्डल दुई दिनमात्रै टिक्यो ।

चन्द नेतृत्वको मन्त्रिमण्डल गठन गरिएपछि आन्दोलनले झन् ठूलो रूप लियो । नारायणहिटी दरबार अगाडि राखिएको राजा महेन्द्रको शालिक आन्दोलनकारीले तोडफोड गरे । २५ र २६ गते पनि देशभर आन्दोलन जारी रहेपछि राजा वीरेन्द्रमाथि राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाब बढ्यो । त्यसपछि उनले आन्दोलनकारीलाई वार्तामा बोलाए । आन्दोलनकारीका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो । यही वार्ताबाट संविधानबाट दलविहीनको व्यवस्था हटाइएको थियो ।

त्यसैले चैत २४ गतेलाई राजनीतिक परिवर्तनका लागि एक महत्वपूर्ण तथा ऐतिहासिक दिन मानिन्छ । यद्यपि यस जनआन्दोलनको स्मरण अहिले राजनीतिक दलहरूले गर्न छाडेका छन् । जनआन्दोलनको भावना र मर्म बिर्संदै गएको आरोप खेप्ने राजनीतिक दलहरुले चैत २४ मा औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन् ।

यद्यपि प्रमुख राजनीतिक दलहरुले २०६२ सालमा पनि दोस्रो जनआन्दोलनको सुरुवात चैत २४ मा नै गरेका थिए । दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४