काठमाडौं, / बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएको खोटाङका एक जना काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी नगरपालिका १५ का बरुण ढकाल रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
उच्च अदालत पाटनले ढकालविरुद्ध बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
ढकालले २०७५ चैत २० गते आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएका थिए ।