काठमाडौं । वर्तमान सरकारको विकास देख्न नचाहने विरोधीहरुलाई धरहरा हेर्न नेकपा एमाले सांसद् एवं पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले अनुरोध गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै वर्तमान सरकारले गरेका विकासप्रेमी काम विरोधीहरुले देख्न नचाहेको र उनीहरुलाई धरहरा हेर्न सांसद् बास्कोटाले अनुरोध गरे ।
उनले् भने, ‘विरोधीहरुले वर्तमान सरकारले कामै गरेनमात्र भन्छन् । धरहरा बनेन ? त्यसैले जनतालाई निराशा बनाउनेतिर मात्र नजाऔँ । पञ्चवर्षी तथा विकासका योजनाहरु अघि बढेका छन् । जनताको चाहना विकास हो । परिवर्तन हो । म अनुरोध गर्न चाहन्छु–तथ्यमा खेलौँ ।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा गर्दा कृष्णप्रसाद भट्टराई (किशुनजी)लाई सम्मान भएन भन्दा अचम्मको लागेको पनि उनले बताएका छन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंमा ल्याउँदा अचम्म मान्नुपर्ने तर, प्रधानमन्त्री ओलीले विकासका काम गर्छुभन्दा अचम्म मान्नुपर्ने कुनै आधार नभएको पनि उनले बताए ।
उनले भने, ‘जनतचाले विकास चाहेका हुन् । आरोपमा मात्रै समय बर्बाद नगरौं । मेलम्चीको पानी आएको जनताले टुटी खोलेर पिउन थालिसके । विकास निर्माणका योजनाहरू देखेर काम अगाडि बढेको देखेर प्रेसर बढेको छ भने यो प्रेसर अझै बढ्नेवाला छ ।’
वर्तमान सरकार कामचचाउ भन्ने तर समर्थन फिर्ता लिन नसक्ने भन्दै सके समर्थन फिर्ता गरेर देखाउन पनि उनले चुनौती दिएका छन् । उनले भने, ‘अर्काे सरकार बनाउन पनि नसक्ने अनि कसरी योसरकार कसरी कामचलाउ भो । यो सरकार कामचलाउ सरकार होइन । फिर्ता लिनुस् अर्काे सरकार बनाउनुस् । आफैँ अड्काउने, आफैँ पड्काउने ?’
प्रधानमन्त्री ओलीलाई प्रतिगमनको भनिएको सन्दर्भमा जनताको बीचमा जानुलाई प्रतिगमन नभनिने उनको धारणा थियो । उनले भने, ‘सकारकार प्रतिगमन भो रे ? प्रतिगमन के भो ? जनताको बीचमा जानु प्रतिगमन हो भने शाहीकालमा भएकोचाहिँ अग्रगमन हो ?’