Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियाबाट ल्याइयो १२ शव, विमानस्थल पुगेका बाबुरामको थामिएन आँसु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०७७
  • 2K
    SHARES

काठमाडौं । आइतबार मलेसियाबाट नेपाल एयरलाइन्समार्फत १२ शव नेपाल ल्याइएको छ । आइतबार एकैपटक मलेसियामा ज्यान गुमाएका विभिन्न जिल्लाका शव नेपाल ल्याइएको जनाइएको छ ।

आइतबार नेपाल एयरलाइन्समार्फत महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव ल्याइएको छ ।

यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।

रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका १२ नेपालीको शव एकैसाथ ल्याइएको जनाइएको छ । कोरोना संक्रमणका कारण उडान असम्भव हुँदा मलेसियाबाट शव ल्याइएको थिएन ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रका युवाको शवसमेत ल्याइएको थाहा पाएपछि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका थिए।

गोरखा–२सिरानचोक– ५का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघबहादुर कुॅवरको शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा आफूले आँशु थाम्न नसकेको टिव्टमार्फत् भनेका छन् ।

उनले भनेका छन्, ‘कस्तो दुःखद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४