काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जबरजस्ती पार्टीबाट बाहिर फालेको बताउनुभएको छ।आइतबार काठमाडौंमा आयोजित जिल्लाको समानान्तर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले फाल्दा फालिने मान्छे नभएको उहाँले बताउनुभयो ।
‘केपी ओलीले फाल्दैमा हामी फालिँदैनौं । ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेका हुन् । वास्तविक एमाले हामी हौं । कानुनीरुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो, आधिकारिक एमाले हामी हौं । हामी हाम्रै पार्टीलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने त्यसको विकल्प खोज्छौं ।’अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेश स्वस्थ प्रतिष्पर्धाबाट नभई जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको समेतउहाँको दाबी रहेको छ । दाबी गरे ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले विभिन्न कानुनी जालझेल गरेर एमालेलाई आफ्नो पक्षमा परे पनि ओलीको यस कदमको विकल्प खोजिनेसमेत उहाँले घोषणा गर्नुभएको छ ।२३ फागुनमा सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र माओवादीलाई ब्युँताएपछि तत्कालीन नेकपाका कार्यकारी पुष्पकमल दाहाल (प्रचण्ड) सँगै अघि बढेपछि अध्यक्ष ओलीले नेपाललाई केही दिनअघि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गर्नुभएको छ ।