Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरिट्रियाका सैनिकहरु द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट फर्कन थालेको इथियोपियाको भनाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०७७
  • 6.9K
    SHARES

एजेन्सी,/ इथियोपियाको युद्धग्रस्त टिग्री क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फिर्ता हुन थालेको इथियोपियाले जनाएको छ । सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) का सदस्य मुलुकहरुले टिग्रीबाट सैनिक फिर्ता गर्न आग्रह गरेलगत्तै सैनिक फिर्ती शुरु भएको इथियोपियाले जनाएको छ ।इथियोपियाका प्रधानमन्त्री अबी अहमदले गत साता इरिट्रियाली सैनिकहरु फिर्ता हुने घोषणा गर्नु भएको थियो । इरिट्रियाली सेनाबाट आमहत्या र यौनहिंसाका घटना व्यापक भएको रिपोर्ट सार्वजनिक भएपछि इथियोपियामाथि दबाब सिर्जना भएको थियो ।

टिग्री क्षेत्रका कतिपय शहर र नगर क्षेत्रमा हालैका दिनमा इरिट्रियाली सेनाले गस्ती एवं कारबाही गरेका विवरण सार्वजनिक भएका थिए । जी७ का तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा इरिट्रियाली सेनाको तत्काल, निःशर्त बहिर्गमन हुनुपर्ने उल्लेख थियो ।

जी७ को विज्ञप्तिमाथि प्रतिक्रिया दिँदै इथियोपियाको विदेश मन्त्रालयले इरिट्रियाली सेना सम्बन्धी प्रक्रिया अघि बढिसकेको स्पष्ट गरेको छ ।

विज्ञप्तिमा टिपीएलएफका कारण सीमा पार गरेर इथियोपियाको टिग्री क्षेत्रमा प्रवेश गरेका इरिट्रियाली सेनाहरु फर्कन थालेको उल्लेख छ । विज्ञप्तिमा इथियोपियाका सेना सीमा क्षेत्रको सुरक्षामा खटिन थालेको पनि जनाइएको छ ।

टिग्री क्षेत्रको सत्तारुढ पार्टी टिग्री पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) को इथियोपियाको राजनीतिमा झण्डै तीन दशकसम्म निकै ठूलो प्रभाव थियो । तर सन् २०१८ मा प्रधानमन्त्री अबियले चुनाव जितेपछि टिपिएलएफको प्रभाव कमजोर बन्दै गएको छ ।

प्रधानमन्त्री अबियले गत वर्ष नोभेम्बरमा टिग्रीमा सेना परिचालन गर्नु भएको थियो । टिपिएलएफले इथियोपियाली सेनामाथि आक्रमण गरेको आरोपमा टिग्रीमा सैनिक कारबाही शुरु गरिएको थियो ।

अदिस अबाबा र अस्मारा दुबैले यसअघि टिग्रीमा इरिट्रियाली सैनिकहरु सक्रिय रहेको कुरा अस्वीकार गर्दै आएका थिए । तर मानव अधिकारवादीहरु, स्थानीय वासिन्दा, कुटनीतिज्ञहरु र केही इथियोपियाली नागरिक एवं सैनिक अधिकारीहरुले इरिट्रियाली सेना टिग्रीमा सक्रिय रहेको बताएका थिए ।

टिग्रीका अन्तरिम नेता मुलु नेगाले यसै साता इरिट्रियाली सेनाको फिर्तीको प्रक्रियामा रहेको र तत्काल सम्भव नरहेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४