Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल-खनाल समुहले घोषणा गर्यो पार्टी सुढृढीकरण अभियान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 4.8K
    SHARES

काठमाडौं, /  नेकपा एमालेको नेपाल-खनाल समुहले पार्टी सुढृढीकरण अभियान संचालन गर्ने घोषणा गरेको छ । शनिबार कलंकीमा बसेको नेपाल-खनाल समुहको स्थायी कमिटी सदस्यहरुको बैठकले दुई महिनासम्म पार्टी सुढृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान संचालन गर्ने घोषणा भएको एक स्थायी कमिटी सदस्यले बताउनु भयो ।

त्यस्तैगरी बैठमा पार्टीका बिभिन्न संगठनहरुलाई संक्रीय बनाउने आवश्यक परेको खण्डमा पुनर्गठन गर्ने समेत निर्णय भएको बताइएको छ । बैठकमा राष्ट्रिय भेलामा प्रस्तुत गरिएको प्रतिवेद र सुझावहरुलाई समेटेर पुस्तक प्रकाशन गरि प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

उक्त पुस्तकलाई पार्टीको तल्ले तहसम्मा पठाउने निर्णय भएको बताइएको छ । नेकपा एमालेमा गम्भीर संकट आएको भन्दै उक्त समुहले एमाले एकताका लागि २०७५ जेठ २ लाई आधारमा मानेर ओलीलाई एक हुन आह्वान गर्ने पनि निर्णय गरेको छ । पार्टी सुढृढीकरणका लागि पार्टीका सबै तहका नेताहरुलाई खटाइने छ ।

सर्वोच्च अदालतले नेकपालाई खारेन गरेपछि पूर्वअवस्थामा आएको एमालेमा अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच संघर्ष चलिरहेको छ । प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित ४ नेताहरुलाई पार्टी हित विपरित काम गतिविधि गरेको भन्दै ६ महिना निलम्बनमा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४