Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आरबीबी एनभीए भलिबलमा एपीएफ पराजित : पुलिस, आर्मी र न्यू–डाइमण्ड विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 3.3K
    SHARES

काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ एपीएफ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा शनिबार भएको डर्बी भिडन्तमा पुलिसले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती दुई सेट एपीएफले २५–२० र ३०–२८ ले जितेको थियो ।

तर, त्यसपछिका सेटमा भने पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । पुलिसले तेस्रो सेट २५–२३, चौथो सेट २५–१९ र पाँचौं सेट १५–११ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । पुलिसले २ खेलमा ५ अंक जोडेको छ ।

पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।

शनिबार नै भएको खेलमा न्यू–डाइमण्डले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा हराएको थियो । त्यस्तै विभागीय टिम आर्मीले ढोरपाटनलाई ३–० को सेटमा हराएको थियो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४