Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी संसद भवनमा भएको आक्रमणमा सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 4.4K
    SHARES

एजेन्सी । अमेरिकी संसद भववनमा भएको आक्रमणमा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य केही सुरक्षाकर्मी पनि घाइते भएको बीबीसीले जनाएको छ ।

सुरक्षा पोष्टमा एउटा कार ठोक्काएर एक जना शंकास्पद व्यक्तिले छुरा प्रहार गर्न खोजेको प्रहरीको दावी छ । घटनामा प्रहरीले जवाफी कारवाही गर्दा ती व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

घटनामा संलग्न भएका २५ वर्षिय संधिग्दको पहिचान भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् । घटनामा आतंककारी संलग्नता नभएको बताइएको छ ।

घटनालगत्तै प्रहरीले पत्रकार सम्मेलन गरेर आक्रमणकारीको संलग्नता आंतककारीसँग नभएको जनाएको छ । घटनालगत्तै संसद भवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । हाल अमेरिकी संसद स्थगित भएपनि त्यहाँको सुरक्षा कडा पारिएको समाचारमा जनाइएको छ ।

गत जनवरीको पहिलो हप्ता राष्ट्रपति निर्वाचनको अन्तिम मतपरीणाम सार्वजनिक गर्ने क्रममा संसद भवनमा आक्रमण भएको थियो । सो आक्रमण तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

सोही घटनालगत्तै अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । कार्यकाल सकिन एकसाता बाँकी रहँदा दर्ता भएको महाअभियोग प्रस्ताव संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पठाएका थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४